उपत्यकाबाट बाहिर जान चाहनेहरुलाई उच्च सतर्कताका साथ पठाउनुपर्छ : प्रचण्ड

0
Shares

न्युज अफ नेपाल,काठमाडौँ ।

नेपाल कम्युनिष्ट पाटी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपत्यकाबाट बाहरघरमा जान चाहनेहरुलाई उच्च सतर्कताका साथ पठाउने व्यवस्था गर्नुपर्ने बताएका छन् ।

कोरोना भाइरस (कोभिड–१९)बाट जोगिन लकडाउन अनिवार्य भएपनि घरको काम गर्न जान चाहनेलाई सतर्कताका साथ जाने व्यवस्था मिलाउनु पर्ने बताएका छन् ।

प्राइम टेलिभिजनकोको जनता जान्न चाहन्छन कार्यक्रममा अन्तरवार्ता दिदैँ सरकारले हिँडेर घरसम्मको यात्रा तय गरेका मजदुर, काठमाडौंबाट घर फर्कन चाहने मानिसहरुलाई उच्च सतर्कताका साथ पठाउने व्यवस्था गर्नु उपयुक्त हुने बताए ।

भूकम्पको बेला स्मरण गर्दै अध्यक्ष प्रचण्डले प्रकोप र महामारीले सबै मानिसलाई सामान बनाएकोले सबैले सबैलाई सहयोग गर्नुपर्ने बताए ।