काडाँघारीस्थित सनसिटी अपार्टमेन्ट सिल गरियो, पाँच सय परिवारलाई बाहिर-भित्र जान निषेध

28
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

काठमाडौँको काडाँघारीस्थित सनसिटी अपार्टमेन्टको १५ औँ तलामा रहेको एकै परिवारका तीन जनामा कोरोना पोजेटिभ देखिएपछि उक्त अपार्टमेन्टमा प्रहरीले सिल गरेको । सनसिटी अपार्टमेण्टमा कम्तिमा पनि पाँच सय परिवार रहेको अनुमान छ ।

पाँचवटा टावर रहेको अपार्टमेण्टमा एउटा टावरमा कम्तिमा सयवटा परिवार बस्ने फ्ल्याट छन् । तर हाल कति परिवार बसिरहेका छन् भन्ने एकिन छैन । कतिपय परिवार लकडाउनका कारण अन्यत्र गएको हुन सक्ने बताईएको छ ।

अहिले प्रहरीले भित्रबाट बाहिर र बाहिरबाट भित्र जान दिएको छैन । प्रहरी डीआईजी विश्वराज पोखरेलका अनुसार अहिले प्रहरीले उक्त भवनमा सिल गरेको छ । पोखरेलका अनुसार उक्त तीनजनाको परिवार चैत ५ गते बेलायतबाट आएको थाहा भएको छ ।

र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो ।उनीहरुलाई त्यहाँबाट लगेर पाटन अस्पतालको आइसोलेसनमा राखिएको छ ।

उनीहरुको र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमा कोरोना पोजेटिभ देखिएपछि छ थप परीक्षणका लागि आज टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना संकलन गरेर पठाईएको छ ।

यो पनि पढ्नुहोस्…

काठमाडौँमा एकै परिवारका तीनजनामा कोरोना संक्रमणको आशंका, पाटन अस्पतालको आइसोलेसनमा भर्ना

परिक्षण मेशिनमै आशंका एकै परिवारका ३ जनाको र्‍यापिड टेष्टलाई मात्र आधार नमानौँ