परिक्षण मेशिनमै आशंका एकै परिवारका ३ जनाको र्‍यापिड टेष्टलाई मात्र आधार नमानौँ

0
Shares

भगवती तिमल्सिना,काठमाडौं ।

पेप्सीकोलाको टाउनप्लानिङको सनसिटी अपार्टमेण्टमा बस्ने एकै परिवारका तीन जना गत महिना चैत्र ५ गते लण्डनबाट नेपाल फर्किएका र होम क्वारेनटाईनमा बसेकै अवस्थामा र्यापिड टेष्ट गर्दा पोजेटिभ आएकाले तीनै जनालाई पाटन अस्पतालमा भर्ना गरि थप परिक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा नमूना पठाईसकेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डे भन्नुहुन्छ—बिदेशबाट आएका व्यक्तिलाई होम क्वारेन्टाईनमा बसाईएको र र्यापिट टेष्ट भैरहेको छ । उहाँहरु पनि ३ साता अघि विदेशबाट आएका व्यक्ति हुनुहुन्छ । उहाँहरुको र्यापिट टेष्टमा पोजेटिभ देखिएकोले पिसीआर स्वाबको नमूना संकलन गरि परिक्षण गर्दैछौ यसको रिपोर्ट नआएसम्म पोजेटिभ भन्न मिल्दैन ।

पाटन अस्प्तालका निर्देशक डा.विष्णु शर्मा भन्नुहुन्छ—पाटन अस्पतालमा पेप्सिकोलाका ३ जना व्यक्ति कोरोना संक्रमणको आशकामा भर्ना हुनुभएको छ । उहाँहरुको र्यापिट टेष्टमा पोजेटिभ देखिएपछि होमक्वारेन्टाईनबाट सिधै अस्पताल भर्ना हुनुभएको हो । उहाँहरु एकै परिवारका आमा, छोरा र बुहारी हुनुहुन्छ ।

उहाँहरुलाई सोमबार पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरि स्वाब परिक्षणका लागि नमूना संकलन गरि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाईसकेको छौं । रिपोर्ट नआएसम्म हामीले आईसोलेसनमा राखी विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार नै उपचार जारी राख्नेछौ ।

र्यापिट टेष्टको रिपोर्टमा बाग्लुङकी बृद्धाको क्वारेन्टाईनमा रहेकै अवस्थामा परिक्षण गर्दा नेगेटिभ रिपोर्ट आएकै कारण १४ दिन क्वारेन्टाईनको अवधि पुरा गरि घर फर्केको ३ दिनमा पुन ः राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ल्याई नमूना परिक्षण गर्दा पोजेटिभ आएपछि हाल उपचारार्थ अस्पताल भर्ना गरिएको छ । त्यसैले र्यापिड टेष्टलाई मात्र आधार मानेर पोजेटिभ भनिहाल्न नमिल्ने डा.शर्मा बताउनुहुन्छ ।

यो पनि पढ्नुहोस्….

काठमाडौँमा एकै परिवारका तीनजनामा कोरोना संक्रमणको आशंका, पाटन अस्पतालको आइसोलेसनमा भर्ना