रौतहटका एक युवकमा पनि कोरोना संक्रमण,अस्पताल लैजाने तयारी

0
Shares

भगवती तिमल्सिना,काठमाडौँ । 

नेपालमा परिक्षणलाई तिब्र बनाउँदै लगेकै कारण कोरोना संक्रमित (कोभिड १९) का बिरामी फटाफट फेला पर्न थालेका छन् । पछिल्लो केश रौतहटमा क्वारेन्टाइनमा बसेका १९ बर्षिय युवामा भेटिएसँगै १४ जना कोरोना संक्रमित नेपालमा फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जारी गरेको कोरोना अपडेटमा प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिनुभएको हो । डा.देवकोटाका अनुसार रौतहटका युवाको क्वारेन्टाइनमै बसेको अवस्थामा नमूना संकलन गरिएको र राष्ट्रिय जानस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएकोले अस्पताल लैजाने तयारी भैरहेको डा.देवकोटाले बताउनुभयो ।

संक्रमित युवा कहाँबाट कहिले आएका र कहिले देखि क्वारेन्टाईनमा थिए भन्ने कुरा मन्त्रालयले खुलाएको छैन । कोरोनाको आशंकामा पछिल्लो २४ घन्टामा ५ सय १९ जनाको नमूना परीक्षण भएको छ । कोरोनाको आशंकामा नेपालमा हालसम्म ५ हजार ६ सय ९१ जनाको नमूना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौंमा ९ र बाहिर ९४ गरी जम्मा १ सय ३ जना आइसोलेसन वार्डमा भर्ना भई उपचार भइरहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो । मुलुकभर हाल ७ हजार १ सय ६६ जनालाई क्वारेन्टाइनमा राखिएको छ । दुई सय १९ सय जना रेड जोनमा रहेको डा. देवकोटाले बतानुहुन्छ ।

यसअघि सोमबार विहान मात्रै कैलालीको लम्की चुहा नगरपालिका – १ भरुवाकी बृद्धामा समेत कोरोना पोजेटिभ प्रमाणित भएको थियो । उहाँकोको सेती प्रदेशिक अस्पतालमा उपचार भैसकेको छ ।