काठमाडौँमा एकै परिवारका तीनजनामा कोरोना संक्रमणको आशंका, पाटन अस्पतालको आइसोलेसनमा भर्ना

0
Shares

न्युज अफ नेपाल,काठमाडौँ ।

काठमाडौँको सनसिटी टाउनप्लानिङको सनसिटी अपार्टमेण्टको १५ औँ तलामा बस्ने एकै परिवारका तीन जनामा  यो पनि पढ्नुहोस्डायग्नोस्टिक टेस्ट किटमा परिक्षण गर्दा कोरोना पोजिटिभ देखिएको छ । उनीहरु चैत्र ५ गते लण्डनबाट फर्किएको पाईएको छ । संक्रमणको रिपोर्ट पोजिटिभ देखिएकाहरु एकै परिवारका आमा, छोरा र बुहारी रहेका छन् ।

प्रहरी उच्च स्रोतका अनुसार परिवारका तीनजालाई कोरोना पोजिटिभ देखिएपछि सबैलाई पाटन अस्पतालको आइसोलेसनमा लगेर भर्ना गरिएको छ ।

अपार्टमेन्टमा बस्ने तीनजनालाई कोरोना पोजेटिभ देखिएपछि सो अपार्टमेण्टलाई नै लकडाउन गरेर प्रहरीले उच्च सतर्कता अपनाएको जनाईएको छ ।

स्रोतका अनुसार उक्त परिवार सो चैत ५ गते लण्डनबाट फर्किएको थियो। प्रहरीले उक्त क्षेत्रमा बस्ने सबैलाई घर भित्रै रहन आग्रह गरेको बताइएको छ।उनीहरुको पीसीआर गर्नका लागि पठाइएको पाटन अस्पतालस्थित स्रोतले पनि पुष्टि गरेको छ।