कैलालीकी कोरोना संक्रमित महिलासँगै ३५ जना एउटै बसमा सवार

0
Shares

भगवती तिमल्सिना, काठमाडौं । 

कैलालीमा १३ औं नम्बरमा कोरोना संक्रमित प्रमाणित ६० बर्षीय बृद्धा वीरगञ्जको चिया पसल सचालन गर्दै आएको व्यक्ति भएको बुझिएको छ । वीरगंजको बसपार्कमा चियापसल संचालन गर्दै आएकी ती महिलाको स्थाई घर भने कैलालीको लम्कीचुहा नगरपालिका भएको वीरगंजको स्थानिय प्रशासनल खुलाएको छ ।

लकडाउनका कारण कैलालीका ३५ जना वीरगंजको बसपार्कमा अलपत्र परेपछि स्थानिय प्रशासनले नै बस बुकिङ गरिदिएपछि संक्रमित महिला सहित ३५ जना कैलाली पठाएको थियो । ती बृद्धा सहित १७ जनालाई सीमा नाकाबाट आएको भन्दै जनप्रतिनिधिहरुले लम्कीचुहा बहुमुखी क्याम्पसमा २९ गते सम्म क्वारेन्टाइनमा राखेको टीकापुर अस्पतालका स्वास्थ्यकर्मीले प्रष्ट्याएका छन् । संक्रमित व्यक्तिको चैत्र २५ गते गरिएको र्यापिड टेस्टमा नेगेटिभ देखिएपछि क्वारेन्टाईनबाट छोडिएपछि उहाँ भुरुवास्थित आफन्तकोमा बस्नुभएको थियो ।

तर राष्ट्रिय जनस्वास्थ्य प्रयोग शाला काठमाडौबाट चैत्र २५ गते कैलाली पुगेको टोलीले क्वारेन्टाईनमा बसेका ५१ जना मध्ये ४४ जनाको नमूना काठमार्डौ ल्याई परिक्षण गर्दा एक जना बृद्धको रिपोर्ट पोजेटिभ आएको र पुनः परिक्षण गर्दा पनि पोजेटिभ आएपछि संक्रमण पुष्टि गरि उपचारका लागि बृद्दालाई सेती प्रादेशिक अस्पताल लगिएको जनाएकोछ । अस्पतालका अनुसार संक्रमित व्यक्तिको स्वास्थ्य अवस्था सामान्य रहेपनि दमको समस्या पहिला नै भएको जनाएको छ ।

संक्रमित महिलासँगै क्वारेन्टाईनमा बस्ने अन्य १७ जनालाई पनि पुनः परिक्षणका लागि बोलाईएको टीकापुर अस्पतालले जनाएको छ ।