कैलाली ।
कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर १ मा ६० वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको छ।
लम्कीचुहा बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा राखिएकी ती महिलाको र्यापिड टेष्टमा नेगेटिभ देखिएपनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा परिक्षण गर्दा पोजेटिभ देखिएको लम्कीचुहा अस्पतालका प्रमुख डाक्टर प्रकाश तिमिल्सिनाले बताए।
यो सँगै कैलालीमा कोरोना संक्रमितको संख्या पाँच पुगेको छ।
यसअघि दुबईबाट आएका धनगढीका युवक, उनकी भाउजु, भारतबाट फर्किएका लम्कीकै पुरुष र भारतबाटै फर्किएका कञ्चनपुरका अर्को पुरुषमा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ उनीहरु सबै सेती प्रादेशिक अस्पतालमा उपचाररत छन्।
आइतवार मात्रै वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसनमा रहेका तीन भारतीयमा कोरोना पुष्टि भएको थियो। नेपालमा कोरोना भेटिएकामध्ये सेती अस्पतालमा ५ जना, बागलुङमा २ जना, वीरगञ्जमा तीनजना र काठमाडौंमा दुईजना उपचाररत रहेका छन्।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ पुगेको छ। जसमामा १२ जना आइसोलेसनमै उपचाररत छन् भने एक जना निको भइसकेका छन्।











प्रतिक्रिया