कोरोनाको महामारी नसकिएसम्म पारिश्रमिक लिदैनः प्रधानमन्त्री ओली


काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारी नसकिएसम्म पारिश्रमिक नलिने घोषणा गर्नुभएको छ। उहाँले आफ्नो पारिश्रमिक कोरोना प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने र महामारी नसकिदासम्म पारिश्रमिक नलिने घोषणा गर्नुभएको हो।

नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले कोरोनाको महामारी नसकिएसम्म पारिश्रमिक नलिने घोषणा गर्नुभएको हो।  उहाँले मुलुकको प्रगतिमा हुने उपलब्धीको न्यायोचित वितरण र अप्ठ्यारोमा हुने क्षतिको सह–भारवहन सबै मिलेर गर्न पनि अपिल गर्नुभएको छ।