चुरे संंरक्षणमा ध्यान दिन जरुरी



हिउँद सकिएर वर्षा शुरू हुन लाग्दै छ । वर्षा लागेसँगै तराईमा डुबान र पहाडमा पहिरोेले जनधनको क्षति भएका समाचार आउनेछन् । गतवर्ष पनि तराईको अधिकांश भाग डुबानमा प¥यो । अघिल्ला वर्षहरूमा पनि यस्तै हुन्थ्यो तर वर्षासँगै चर्चा र चासो पनि सेलाउँथ्यो । चुरेक्षेत्रमा हुने अवैध उत्खननका कारण भएको भूक्षयले पहिरो एवं डुबान भएको भन्ने सबैले बुझ्न जरुरी छ ।

ढुंगा, बालुवा र गेग्य्रानले बनेको अति संवेदनशील पहाड हो चुरे । यसको पिँधमा हुने सानो हलचलले पनि वर्षामा ठूलो भूक्षय हुने गर्दछ, जसका कारण यी बालुवा र गेग्य्रान मधेसमा बग्ने नदी तथा खहरेको पिँधमा थेग्रिएर नदीको सतह उकासिँदो छ । जसका कारण वर्षा लागेपछि नदीहरूमा आउने बाढी किसानका खेतबारी हुँदै बस्तीमा पस्ने गरेकाले महिनौँसम्म डुबानको स्थिति रहने गरेको छ ।

केही वर्षपहिला नै गरिएको एक सर्वेक्षणमा तराई–मधेसमा नदीको सतह प्रतिवर्ष २० सेन्टिमिटरका दरले उकासिँदै गएको देखाइएको थियो । चुरेका आसपास नदीकिनारमा क्रसर उद्योग, ढुंगा, बालुवाका थुप्रा देख्न सकिन्छ । यस्ता गलत क्रियाकलाप हुँदासमेत सम्बन्धित नियमनकारी निकाय मौन छ । चुरे संरक्षण भए मात्र तराई–मधेस सुरक्षित रहन्छ ।
– रूपा लम्साल, ललितपुर ।

 

प्रतिक्रिया दिनुहोस्