न्युज अफ नेपाल, काठमाडाैँ ।
ओम्नी ग्रुपको ओबिसिआईले आफुमाथि लागेको आरोपको खण्डन गरेको छ । सरकारले ठेक्का दिएर ल्याएकाे कोरोनासँग सम्बन्धित स्वास्थ्य सामग्रीकाे तिब्र आलोचनाका भइ सम्झौता रद्द गरेपछि आफुमाथि लागेका आरोपको खण्डन गरेको हो ।
कम्पनीले आफुले गरेको सम्झौतामा प्रधानमन्त्री, उप प्रधानमन्त्री , अन्य मन्त्री तथा सल्लाहकारहरु तथा अन्य पक्षहरुको कुनै सम्बन्ध नरहेको स्पष्ट पारेको छ ।
त्यस्तै कम्पनीले सामान तथा उपकरणहरुको वजारमा मूल्य प्रत्येक दिन परिवर्तन भईरहेको र राम्रो अर्थतन्त्र भनिएका देशहरुले पनि खरिदमा होडवाजी लिरहेकोले त्यहि अनुसार मूल्य कायम भएको जनाएको छ । नेपालवाट चिनमा गई उत्पादक, वितरकसंग सम्पर्क गरी मूल्य सम्बन्धमा वार्ता गर्ने अवस्था लकडाउनको कारण सम्भव नभएको कम्पनीले जनाएको छ ।
कम्पनीले संचार माध्यममा आएको समाचार सम्बन्धमा छलफल गरी सत्य तथ्यको जानकारी गराउन पटक पटक स्वास्थ सेवा विभागसंग सम्पर्क गर्न प्रयास गर्दा फोन नउठाएको र कार्यालयमा भेट समेत नदिएको गुनासो गरेको छ ।
कम्पनीले राष्ट्र, सरकार तथा आफु माथी भएको प्रहार प्रति खेद प्रकट गर्दै यस विषम घडीमा निहित स्वार्थ भएका केही तत्वहरुको जालोले चलाएको प्रपोगाण्डामा कुनै सत्यता नभएको स्पष्ट पारेको छ।
कम्पनीको स्पष्टिकरण यस्ताे :
omni grp release










प्रतिक्रिया