र्‍यापिड टेस्ट गर्दा बागलुङमा एक जना कोरोना पोजेटिभ,थप परीक्षणका लागि पोखरा पठाईयो

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

बागलुङमा र्‍यापिड टेस्ट किटमार्फत गरिएको कोरोना भाइरस संक्रमणको रिपोर्ट पोजेटिभ देखिएको छ। बागलुङमाा विदेशबाट फर्किएका ८५८ जनाको कोरोनाको र्‍यापिड टेस्ट गर्दा एक महिलाको रिपोर्ट पोजिटिभ देखिएपछि पुनः परीक्षणका लागि पोखरा पठाइएको छ ।

र्‍यापिड टेस्ट किटबाट परीक्षण गर्दा महिलाको रिपोर्ट शंकास्पद भेटिएपछि स्वाब संकलन गरी पोखरा पठाइएको हो । भारतबाट तीर्थयात्रापछि फर्किएकी ती महिला चैत ७ गते माइक्रो बस चढेर बागलुङ गएकी थिइन् ।