लकडाउनको उल्लंघन होइन परिपालनाबाट मात्र सुरक्षित हुन्छौँ

सरकारलाई चुनौती र अवसर दुवै

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

मन्त्रिपरिषद्का पुर्व अध्यक्ष खिलराज रेग्मीले कोरना भाइरस वर्तमान सरकारलाई चुनौती र अवसर दुवै भएको बताउनु भएको छ । नयावर्षको पुर्व सन्धामा शुभकामना वक्तव्य जारी गर्दै रेग्मीले विश्वव्यापी महामारिको रुपमा फैलिएको कोरना भाइसरलाई परास्त गर्न सफलता प्राप्त हुने विश्वास पनि व्यक्त गर्नु भएको छ ।

‘दोश्रो संविधान सभाको निर्वाचनपश्चात् संविधाननिर्माण भै तीनै तहको निर्वाचन पछि नयाँ सरकारको गठन भै मुलुक स्थायित्व र समृद्धि तर्फ अग्रसर हुने वातावरण बन्दै थियो’ रेग्मीले भन्नुभयो– यहि अवस्थाका वीच २०७६ सालको उत्तरार्धवाट विज्ञानले पनि नदेखेको र नवुझेको कोरोनाको महामारीले विश्वलाई नै शिथिल र किंकर्तव्यविमुढ तुल्याएको छ ।

सरकारले यो भाइरसको नियन्त्रणका लागि गरिएको लकडाउनका कारण सव भन्दा वढि विपन्नवर्ग र श्रमिकवर्गहरु दोहोरो मारमा परेको भन्दै उहाले भन्नुभयो– आम नागरिकले सरकारले अवलम्वन गरको नीती अनुसरण गरी कोरोना संग लड्न एकजुट हुनुको विकल्प छैन।

विपन्नवर्ग र श्रमिकवर्गहरु एकातिर कोरोनाको त्रास अर्को तिर कसरी जुटाउने गास र सुरक्षित वास भन्ने अवस्थामा पुगेको बताउदै मन्त्रिपरिषदका पुर्व अध्यक्ष रेग्मीले यस संकटको घडीमा सरकारले जति सक्दो अझ प्रभावकारी ढंगले परीक्षणको दायरा वढाउने र चिकित्सा सेवा तथा विपन्न वर्गलाई राहत उपलव्ध गराउने दायित्व पुरा गर्नु पर्ने बताउनु भएको छ ।

‘सरकारका लागि यो चुनौती र अवसर दुवै हो’ रेग्मी भन्नुहुन्छ– एकल प्रयासले मात्र लड्न असंभव देखिएको यो महामारीलाई सामुहिक प्रयासले परास्त गर्न सफल होऔं र लकडाउनको उल्लंघनवाट होइन यसको परिपालनावाट नै हामी सुरक्षित हुन्छौ भन्ने कुरा नर्विसौं ।