वीरगन्जका मस्जिदमा प्रहरीको छापा, लुकेर बसेका २६ धर्मगुरु क्वारेनटाइनमा

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज ।

पर्साको वीरगन्ज छिमेकी देश भारतसँग सीमा जोडिएको शहर हो । अहिले वीरगन्ज भन्सार र भारतीय शहर रक्सौलमा नाका बन्द गरिएका कारण मात्रै हो नत्र वीरगन्ज र रक्सौल पानी पँधेरो नै हो दुबै देशका नागरिकहरुका लागि । बिश्वब्यापी रुपमा फैलिएको कोरोनाका कारण नेपालमा भन्दा पहिला भारतमा कोरोनाले गाँज्न थाल्यो अनि भारतले लकडान गरेपछि केही भारतीयहरु रातारात नेपाल आए ।

केही चोर बाटो भएर नेपाल आए । पर्सा जिल्ला जनसंख्याको हिसावले मु्स्लिम बाहुल्य भएको जिल्ला हो । वीरगन्जमा आधा दर्जन ठूला मस्जिदहरु छन् तर जामे होइनन् । छपकैंया भारतीय सीमा बहर रक्सौलबाट टाढा पनि छैन पैदल नै हिडेर आएपनि बढीमा आधा घण्टमा आउन सकिने स्थान हो ।भारतको दिल्लीमा करिब डेढ महिना अघि भएको जमातीमा नेपालका धेरै मुस्लिम समुदायको सहभागिता रहेको बताइएको थियो ।यद्यपी नेपाली मुस्लिमहरुमा भने कोरोना देखिएको छैन ।

छपकैंयाको मस्जिदमा लुकेर बसेका उनीहरु बिहीबार मात्रै नारायणी अस्पतालको आइसोलेसनमा भर्ना भएका थिए उनीहरुको स्वाब हेटौंडामा पक्षिक्षका लागि पठाइएको थियो । हेटौंडाले कन्फर्म गर्न नसकेपछि काठमाडौंको जनस्वास्थ्य प्रयोगशालामा पठाइयो र जहाँ यसको पुष्टी भयो ।

२६ जना धर्म गुरु क्वारेनटाइनमा

पर्साका प्रहरी उपरीक्षक गंगा पन्तका अनुसार प्रहरीले शनिबार राति नै वीरगन्जका केही स्थानहरुमा छापामारी गरेको छ । शंकास्पद स्थान रहेको छपकैंयाको मस्जिदमा छापामारी गरी २६ जना धर्म गुरुहरुलाई नियन्त्रणा लिएर वीरगन्जको सिद्धार्थ माविमा रहेको क्वारेनटाइनमा राखिएको छ । उनीहरु सबै भारतीय जमातीमा सहभागी रहेको बताइएको छ ।

स्थानीयमा संत्रास

भारतीय जमातीहरुमा कोरोना संक्रमण देखिएपछि वीरगन्जमा संत्रास फैलिएको छ । वीरगन्ज शहर बाक्लो र घनाबस्ती भएकाले पनि महामारीको रुप लिने हो कि भन्ने संत्रास फैलिएको हो । तीन भारतीयलाई राखिएको नाारायणी अस्पतालको सबै सेवा बन्द गरिएको छ । उनीहरु कहां र कसरी आएका थिए भन्ने बिषयमा प्रहरीले अनुसंधान शुरु गरेको छ । उनीहरुको यात्रा डायरी खोतल्ने प्रयासि भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

जालिममाथि अर्को आरोप

नेपालको एक अनलाइनले लेखे अनुसार यतिमखाना संचालन कमिटीका अलि अस्गर मदनी उर्फ कालानाग र जगरनाथपुरका अध्यक्ष मुखियाले सबै जमातीहरुको बस्ने खानेको बन्दोबस्ती गरेका थिए। विरामी भएर अस्पताल ल्याइएका जमातीहरुले भारतमा जस्तै नेपालको अस्पतालमा पनि असभ्य व्यवहार देखाएको अस्पताल प्रसासनले बताएको छ। २४ मध्ये ३ जनालाई अस्पतालमा राखि बाँकी २१ जनालाई सिद्धार्थ स्कूलको क्वारेन्टाइनमा राखिएको छ।

क्वारेन्टाइनमा राखिएका उनीहरुले डाक्टर नर्स सहितका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई पनि थुकेको एवं अभद्र व्यवहार गरेको एक स्वास्थ्यकर्मीले बताए। अस्पतालमा रहेका जमातीका विरामीले जथाभावी हिड्ने, चापाकल चलाउने लगायतका व्यवहार गर्दै आएका थिए। तीनजनामा कोरोना संक्रमणको चर्चा शुरु भएपछि शनिवार राती देखि नै नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट मदन उपाध्यायले अस्पतालको ओपीडी बन्द गरेको सूचना निकालेका छन्। उनले विषम परिस्थितिमा आकस्मिक सेवा बाहेकका ओपिडी बन्द गरेको सूचना निकालेको बताए। वीरगन्ज नगरपालिकाले पनि तवलिगी जमातीहरुको उपचारमा संलग्न डाक्टर सहितका स्वास्थ्यकर्मीहरुलाई राख्नका लागि होटल कन्ट्री ईनमा व्यवस्था गरेका छन्। कोरोनाको उपचार गर्ने स्वास्थ्यकर्मी पनि क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ। तीनजना तवलिगी जमातीहरुको रिपोर्ट पोजेटीभ आएपछि चिकित्सकहरुलाई पनि क्वारेन्टाइनमा राख्नुपर्ने भएको हो।

चैत्र १९ गते नेपाल प्रवेश गर्नुअघी जमातीलाई भारतीय सुरक्षाकर्मीले रोक्ने प्रयास गरेपनि उनीहरुले ढुङगामुढा गरि नेपालतर्फ प्रवेश गरेको र त्यहाँबाट जगरनाथपुरका अध्यक्ष मुखिया सहितले १० वटा मोटरसाइकलको व्यवस्था गरि नेपाल प्रवेश गराएका थिए।नेपाल प्रवेश गराइएका जमाती मध्ये अधिकांश भारतीय तथा केहि इन्डोनेशियाका र पाकिस्तानी समेत भएको सुरक्षा स्रोतले जनाएको छ। प्रदेश नम्वर २का आन्तरिक मामिला मन्त्रालय स्रोतका अनुसार रौतहट, सप्तरी, सिराहामा गरि ३ सय ४९ जमातीहरु रहेको बताइएको छ।

सुरक्षाकर्मीहरुले उनीहरुको खोजी शुरु गरेको बताइएको छ। केहि जमातीहरु सुनसरी र मोरङगमा पनि रहेको सुरक्षा स्रोतको दावी छ। भारतमा कोरोना संक्रमित प्रवेश गराउने षडयन्त्र गरेको आरोप सहित भारतीय मिडियामा अत्यन्तै प्रचारित मुखियाले लकडाउनका बेलामा नेपालमा गैर नेपालीलाई प्रवेश किन गराए भन्ने कुरा अहिले धेरैको चासो बिषय भएको छ। उनले नेपालमा प्रवेश गराएर विभिन्न मस्जिद र घरमा राखेकाहरु कोरोना संङ्क्रमित पाइदा यो समग्र प्रक्रियामा उनको भूमिका शंकास्पद पाइएको बिरगञ्जका एक स्थानियले बताएका छन्। सुरक्षाकर्मी पनि यो समग्र प्रक्रियामा मुखियाको भूमिकालाई लिएर अनुसन्धानमा जुटेको बताइएको छ।