पर्वतमा ६६ जनाको थ्रोट स्वाब संकलन, ४६ को नेगेटिभ, २० को रिपोर्ट आउन बाँकी

0
Shares

न्युज अफ नेपाल, पर्वत ।

कोरोना संक्रमितहरुको खोजी कार्य पर्वतमा दुूत गतिमा अघि बढेको छ ।

हालसम्म ६६ जनाको थ्रोड स्वाब संकलन कार्य भएको छ । संकलीत नमुना मध्ये ४६ जनाको रिर्पोट नेगेटिभ आएको छ । २० जनाको रिर्पोट आउन बाँकी रहेको पर्वत अस्पतालका प्रमुख डा. शिशिर देवकोटाले जानकारी दिनुभयो । बाँकी मध्ये कुश्मा नगरपालिकाका ४ जना रहेका छन ।

यसैगरी महाशिला, पैयू र विहादीबाट नमुना संकलन गरिएका बाँकी १६ जनाको थ्रोड स्वाबको रिर्पोट आउन बाँकी रहेको डा. देवकोटाले जानकारी दिनुभयो । यस अघि कुश्मा, मोदी, फलेवास र जलजलाबाट संकलन गरिएको स्वाबको रिर्पोट नेगेटिभ देखिएको हो । यस मध्ये एक जना बागलुङका युवाको पनि पवर्वतमै थ्रोड स्वाब संकलन गरिएको थियो ।

जिल्ला अस्पतालले आज देखि जिल्लाका सवै स्थानीय तहमा विदेशबाट फर्केकाहरुको र्‍यापिड टेष्टको काम शुरुवात गरेको छ । आज मात्रै कुश्मा र फलेवासमा टेष्ट गरिने छ भोली सवै पालिकाहरुमा एकै साथ टेष्ट सक्ने गरी अस्पतालले तयारी गरेको डा। देवकोटाले जानकारी दिनुभयो ।