कुस्माको राहात कोषमा साढे १६ लाख जम्मा

0
Shares

न्युुज अफ नेपाल, पर्वत ।

लक डाउनका कारण दैनिक ज्यालादारी गरेर गुजरा चलाउनेहरुका लागि सहयोग गर्न कुस्मा नगरपालिकाले स्थापना गरेको राहत कोषमा शुक्रबार सम्म साढे १६ लाख भन्दा बढी रकम जम्मा भएको छ ।

नगरपालिकाले स्थापना गरेको बिपद् ब्यबस्थापन कोषमा कर्मचारी, जनप्रतिनिधी, बिभिन्न संस्थाहरुबाट १६ लाख ६९ हजार ९ सय ६६ रुपैंया जम्मा भएको हो।

कुस्मा नगरपालिकाले जानकारी दिए अनुसार कोषमा पछिल्लो पटक जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले ३० हजार नगद सहयोग गर्नुभएको छ भने कुस्मा वडा नं १ कार्यालयको पहलमा जम्मा गरिएको १ लाख ६ हजार तथा कुस्माको मोदीकाली बचत तथा ऋण सहकारी संस्थाले १ लाख नगद जम्मा गरेको छ ।

यसैगरी तपाई हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाले २५ हजार १ सय २५, कुस्मा ७ का ब्यबसायी सुर्यप्रसाद पोखरेलले २ सय ५० पोका भुजा, बैशाली कृषि सहकारी संस्थाल ९१ हजार ५ सय जम्मा गरेका छन । जलजला गाउँपालिकाका कृषक समुहले तरकारी सहयोग गरेका छन ।
यसअघि कुस्मा नगरपालिकाका नगरप्रमुख, उपप्रमुख, कार्यपालिका सदस्यहरु, कर्मचारी तथा बिभिन्न संस्था र ब्यक्ति तथा राजनैतिक दलबाट पनि रकम जम्मा गरिएको थियो ।