विवाद दुर्भाग्यपूर्ण



विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसविरुद्ध विश्व लडिरहेको भए पनि शक्तिशाली मुलुकहरूबीच कायम रहेको राजनीतिक झगडाले विश्व स्वास्थ्य संगठनलाई समेत असजिलो पार्नथालेको छ, जो दुर्भाग्यपूर्ण छ । अमेरिकी राष्ट्रपति ट्रम्पले लगाएको विश्व स्वास्थ्य संगठन चीनको पक्षमा लाग्यो भन्ने आरोपलाई संगठनले अस्वीकार गर्दै अहिलेको महामारीविरुद्ध अमेरिका र चीन सहकार्य गर्नुको विकल्प नभएको विचार व्यक्त गरेको छ ।

विश्व स्वास्थ्य संगठनलाई विवादमा ल्याएर अमेरिकाले दिएको अभिव्यक्तिको संसारभर आलोचना भइरहँदा पनि अमेरिकाले यस्तो बेलामा चीनलाई नै प्रमुख दुश्मन देख्नु पक्कै राम्रो विषय होइन । विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडनाहोम गेबैयासुसले अमेरिका र चीन सँगै खडाहुनुपर्छ र यो खतरनाक शत्रुसँग लड्नुपर्ने अभिव्यक्ति पत्रकार सम्मेलनमार्फत दिएका छन् । टेड्रोसले अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको सहयोग कटौती होइन, यो महामारीसँग लड्नका लागि कोषलाई अझै बझबुत बनाउन आग्रह गर्नुले पनि विश्व स्वास्थ्य संगठनको अहिले कति आवश्यक छ भन्ने पुष्टि गर्दछ ।

अमेरिकाको उक्त अभिव्यक्तिपछि विश्व दुई ध्रुवमा विभाजित हुन थालेको छ । केही पश्चिमा राष्ट्रले अमेरिकाको समर्थन गरेका छन् भने अधिकांश मुलुकले अहिलेको समय भनेको एकले अर्कालाई शत्रु देख्नुभन्दा पनि कोरोना भाइरसविरुद्धको लडाइँमा विश्व एक भएर विश्व स्वास्थ्य संगठनलाई बलियो बनाउनुपर्ने अभिव्यक्ति दिनुले पनि अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ अहिलेको अवस्थामा सान्दर्भिक देखिँदैन ।

अमेरिकाले अहिले आफै उक्त भाइरसको संक्रमणको जालमा पिल्सिरहेको छ । यस्तो बेला अमेरिकाले केही विमति भए पनि त्यसको समाधान गर्नतर्फ लाग्नुपर्नेमा धम्कीको भाषा प्रयोग गर्ने अमेरिकी राष्ट्रपतिको भनाइलाई किमार्थ स्वीकार गर्न सकिँदैन ।

विश्व स्वास्थ्य संगठनको वार्षिक बजेटमा अमेरिकाले २२ प्रतिशत योगदान गर्दै आएको तथ्यलाई पनि सो संगठनले भुल्नुहुँदैन । अमेरिकासँगै चीनले पनि सो कोषमा आफ्नो योेगदान गरेको पाइन्छ । चीनले पनि सन् २०१४ देखि २०१८ सम्मको अवधिमा डब्ल्यँएचओलाई दिने आफ्नो कोषमा ५४ प्रतिशतले वृद्धि गरेको देखिन्छ । सन् २०१९ मा चीन सरकारको अनिवार्य योगदान करिब ८ करोड ६० लाख डलर र स्वतःस्फुर्त योगदान १ करोड २ लाख डलर रहेको देखिन्छ ।

यस रकमलाई न्यँन मान्न मिल्दैन । तर, यतिखेर विश्व स्वास्थ्य संगठनमा कसले कति आर्थिक योगदान गरेको छ भन्ने कुरामा भन्दा कसले कति ठीक काम गरेको छ भन्ने पक्षमा ख्याल गर्नुपर्छ । विश्वमा आज ‘व्यक्तिगत स्वतन्त्रता र जीवन रक्षा’ मध्ये कुन बढी प्राथमिकताको विषय भन्ने विवाद सिर्जना भएको छ ।

साम्यवादी चिन्तनको चीनले जीवन रक्षालाई प्राथमिकता दिएको छ भने लोकतन्त्रवादी अमेरिकाले व्यक्तिगत स्वतन्त्रतालाई बढी प्राथमिकता दिएको छ । नागरिकको व्यक्तिगत स्वतन्त्रता कटौती गर्दै चीनले कडाइ ग¥यो, कोरोना भाइरसमा नियन्त्रण गर्न सफल भयो । अमेरिकामा मास्क लगाउनै पर्छ भनेर पनि जनतालाई सरकारले दबाब दिन सकेको छैन । यो विवाद राजनीतिक विचारधाराको हो जो विश्व स्वास्थ्यसंगठनसम्म पुगेको छ । तर, यो बेला विवादमा अल्झिने होइन, सरोकारवालाहरूले मनन गर्नैपर्छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्