स्वास्थ्य मन्त्रालयले विशेषज्ञलाई पाखा लगाई विश्वासपात्र खोज्दा कोरोना संक्रमणमा वृद्धि

0
Shares

भगवती तिमल्सिना, काठमाडौँ ।

कोरोना भाइरस (कोभिड १९) नेपालको काठमाडौ हुँदै सुदुर पश्चिमका जिल्ला कैलाली, कंचनपुर र बाग्लुङमा संक्रमित बढ्नुका साथै सुदुर पश्चिमका जिल्लामा छिमेकी मुलुक भारतबाट आउने नेपालीहरु धेरै भएकाले चैत्र महिनामा विदेशबाट आएका सबैलाई र्यापिड टेष्ट गर्ने निर्णय शनिवारको मन्त्री परिषद बैठकले गरे लगत्तै सोमाबारदेखि किट परिक्षण शुरु भएको छ ।

समुदायस्तरमा कोरोना भाइरस परिक्षणका लागि आवश्यक किट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले परीक्षण शुरु गरेको जनाएको छ । किट परिक्षण केहि दिनमा पुरा गरि समादायमा स्वास्थ्य परिक्षणका लागि जाने प्रयोगशालाले जनाएको छ ।

सरकारको निर्देशन अनुसार कैलालीमा क्वारेन्टाइनमा रहेका २ सय जनाको रगतको नमूना लिई पहिलो चरणमा किटबाट परिक्षण गर्ने र तीनै व्यक्तिको थ्रोट स्वाव पनि पीसीआर विधिबाट परीक्षण गर्ने गर्ने भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा.रुना झाका अनुसार र्यापिड टेष्ट किटको ‘भ्यालिडिटेसन’ का आधारमा किटको विश्वसनीयता र गुणस्तर जाँच पहिचात गरि अन्यत्र पनि परिक्षण गर्ने योजना तय भएको छ ।

परीक्षणका लागि चीनबाट खरीद गरेर ल्याएको ७५ हजार र्यापिड टेष्ट किट र नेपालमै खरिद गरिएका फरक फरक कम्पनीका किटहरु प्रयोग गरिने भएको छ । मेसिनको चेकजाँच पुरा भएपछि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले र्यापिड टेष्ट किट र पीसीआर कीटले दिने नतिजाको भेरिएसन गरी प्रयोग गर्न मिल्ने वा नमिल्ने भन्ने सुझाव दिने जनाईएको छ ।

नेपालको स्वास्थ्य सेवा र गुणस्तरियतालाई अध्ययन अनुसन्धानका लागि तोकिएको निकाय नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई भने सरकारले जिम्मेवारीपूर्ण ढंगले अघि बढाउनुपर्ने भएपनि व्यवास्ता गर्दै आएको छ । युरोपियन मुलुकहरुले चीनबाट भित्र्याएका परिक्षण सामग्रीको गुणस्तरियता र विश्वसनीयता माथि प्रश्न उठाईरहेका बेला नेपाल सरकारले भने त्यतातिर ध्यान दिएको पाइन्न ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदका अध्यक्ष डा.अन्जनी कुमार झा भन्नुहन्छ नेपाल सरकारले प्रयागशालालाई सम्पूर्ण जिम्मा दिएकोले अनुसन्धान परिषद्को खासै भूमिका नभएको र परिषद्लाई एक सदस्यका रुपमा राखिएको छ जिम्मेवारी केही दिएको छैन ।

यतिबेला राज्यले अनुसन्धान परिषद्, मेडिकल काउन्सिल, इपिडिमियोलोजी तथा रोग नियनत्रण महाशाखा, स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ्य संगठन, स्वास्थ्य सेवा विभाग, औषधि व्यवस्था विभाग, औषधि उत्पादक, विक्रेता लगायत विज्ञहरुको समूह बनाई अध्ययन अनुसन्धानका लागि जिम्मेवारी दिनुपर्ने हो । तर आधिकारीक निकायलाई व्यवास्ता गर्दै विश्वास पात्रको खोजी गदै हिडेकै कारण कोरोना भाईरस संक्रमीतको संख्या डरलाग्दो तरिकाले बृद्धि हुने संकेत देखा परेको डा.झा बताउनुहुन्छ ।