कोरोना सम्बन्धी अनुमानका भरमा जथाभावी सूचना सम्प्रेषण नगरौं : स्वास्थ्य मन्त्रालय

0
Shares

भगवती तिमल्सिना, काठमाडौँ । 

कोरोना भाईरस कोभिडका बारेमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले आज ४ बजेर १५ मिनेट जाँदा गराउनुभएको मिडिया अपडेट अनुसार आईतबार बुटवलमा मृत्यु भएका दुबईबाट आएका युवाको ल्याब परिक्षण नेगेटिभ आएको छ, अर्थात उहाँलाई कोरोना भाईरस प्रमाणित भएन ।

त्यसैगरी पाटनमा कोरोनाको आशंकामा नभै अन्य रोगका कारण आईसियूमा उपचार भैरहेका व्यक्तिको मृत्यु भएको र ल्याब परिक्षणको रिपोर्ट आउन बाँकी छ ।

वीरमा मृत्यु भएका दुईजनामा एकजना उच्च रक्तचाप, मधुमेह र ज्वरो समेतको समस्या भएर आएको र विहान मृत्यु भएको हो । त्यसैगरि अर्का ५० बर्षिय भारतीय नागरिक कालीमाटी बस्ने व्यक्ति ज्वरो आई अचेत अवस्थामा वीर अस्पताल पुर्याएको र उपचारकै क्रममा मृत्यु भएकाले नमूना संकलन भएको छ रिपोर्ट आउन बाँकी छ ।

प्रदेशको अपडेट आईसुलेसनमा ९३ जना छन् । सबै प्रदेशमा १ हजारका दरले पिपीई, माक्स, पन्जा लगायतका सामग्री आजै पठाईसकेका छौ । कतै जहाजबाट त कतै गाडिबाट जाँदै छ । ल्याबको सेवा विस्तार भएको र धरानमा १९ वटा परिक्षण भैसकेको छ । धनगढी, सुर्खेत जनकपुरमा पनि विस्तार गर्ने कार्यक्रम छ । प्रयोगशालामा भएका उपकरणहरु पूर्ति गर्ने काम भैरहेको छ । नेपालमा आएका सबै मेशिनहरु परिक्षण भैसके र राम्रो अवस्थामा पाईएको छ ।

सबै पालिका तथा प्रदेशमा विदेशबाट आउने व्यक्तिहरुको नामावली अध्यावधिक भैसकेको छ र कुनै समस्या परेमा तत्काल प्रकृयामा जाने गरि मन्त्रालयले काम गरिरहेको छ । सेवा लिनका लागि १११५ र ११३३ कल सेन्टर, फोन नम्बर लगायतमा सम्पर्क गर्न सकिने छ ।
सोही अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थय विज्ञ सल्लाहकार डा. खेम कार्की भन्नुहुन्छ— जो मर्यो कोरोनाले मर्यो भनेर प्रचारप्रसार गरेको पाईयो । यो सम्बेदनशिल अवस्थामा यस्तो प्रचार गर्नु दुःखको कुरा हो । यस्तो प्रचारका कारण गाउँमा मलामी सम्म नजाने अवस्था सुनियो । यतिबेला अरेक व्यक्तिले आफ्नै तर्कमा अरु अरु रोग भएकालाई पनि कोरोनासँग जोडेर प्रचार गरेका छौ । यो अवस्था देख्दा मनको त्रास र भय बढेको देखिन्छ त्यसैले यस बिषयमा गम्भिर हुनुपर्ने देखिन्छ । कोरोना लागेर सबैको मृत्यु हुन्न ।

कोरोना लाग्दा ८० प्रतिशतलाई सामान्य र ५ देखि ६ प्रतिशतलाई मात्र गम्भिर अवस्थामा अस्पताल भर्ना हुनुपर्ने हुन्छ । संक्रमण छिटो फैलिएको छ तर आत्तिएर हैन सुरक्षा अपनाएर सघाउ । कोरोना गाउँ गाउँमा फैलिएको छैन । एउटा व्यक्तिबाट अर्को व्यक्तिमा या एउटा गाउँबाट अर्को गाउँमा फैलने अवस्था आएको छैन । मृत्यु हुने जति सबै कोरोनाले मर्यो भन्ने त्रास नलिनुहोला ।

जो व्यक्तिमा सुख्खा खोकी र ज्वरो छ त्यस्ता व्यक्तिलाई मात्र क्वारेन्टाईनमा राखेर उपचार गर्ने हो । अहिले पालिकाहरुले गरेको काम अत्यन्तै राम्रो भएको छ । तर कतिपय गाउँमा बिदेशबाट आएका मान्छे भन्ने वित्तिकै डराउने र अपहेलना गर्ने गरिएको सूचना आएको छ । यो अत्यन्तै नराम्रो कुरा हो । जो विदेशबाट आउनुभएको छ उहाँहरु पनि उत्तिकै जिम्मेवार भएर परिवार र समाजललाई जोगाउन खोज्नुहुन्छ । हामी रोगका बिरुद्ध लड्ने हो व्यक्तिसँग हैन । जो विदेशबाट आउँनुभएको छ उहाँहरुले कर्तब्यबोध गरेर सघाउन आग्रह गरिन्छ । विदेशबाट आउनेलाई गाउँछोड नभन्नुस उहाँ पनि कामको सिलसिलामा विदेश बसेर आफन्तको चिन्ताले घर फर्किनुभएको व्यक्ति हो । उहाँ पनि घर समाज र देशमा रोग ल्याउनुहुन्न भन्ने बुझ्नुभएको व्यक्ति हुनुहुन्छ ।

आम जनसमुदायले प्रजातान्त्रीक आन्दोलनका बेला करफ्यु खुलेपछि हिड्ने जस्तो नगरौ । अति आवश्यक सामान किन्न जाँदा पनि एक्लै जाने र लाईनमा पनि ६ मिटरको दुरी कायम गर्नुहोला । गाउँ शहरमा अंकमाल गरेर हिड्ने, हुलहुज्जत गरेर हिड्ने गरेका सूचना आएका छन् । यस्तो गर्ने हैन सबै सचेत भए मात्र कोरोना जित्न सक्छौ । कोरोना भाईरस थुकको छिट्टाबाट सर्ने भएकाले आमन्ने सामन्ने बसेर कुरा नगरौ । यो नयाँ रोग भएकाले यसले कहाँ कसरी असर पारेको छ भनेर बैज्ञानिकहरुले अनुसन्धान गरिरहेका छन् । अनुसन्धानकै आधारमा विज्ञानले दिएको उपायलाई अवलम्बन गरि काम गरौ भन्ने आग्रह गर्दछु । हामी आफैले सचेतना अपनाएर रोगलाई जितौ, रोगसँग कसैले हार्नु नपरोस् ।

कोभिड १९ को सूचना जथाभावी सम्प्रेषण नगरौं बैज्ञानिक हिसाले गरौं । यदि कसैले अटेर गरेमा संक्रामक रोग ऐन २०२० अनुरुप कानूनी रुपमा कारवाही हुने समेत जानकारी गराउँदै सबैमा जिम्मेवार भएर सूचना सम्प्रेषण गर्नुहुन पनि अनुरोध गर्दछौ ।