‘पर्याप्त अध्ययनबिना नै सरकारद्वारा प्याकेज घोषणा’

0
Shares

परिवर्तन देवकोटा, काठमाडौं ।

कोरोना भाइरसले अर्थतन्त्रमा नकारात्मक प्रभाव पारेको भन्दै सरकारले आइतबार घोषणा गरेको राहत प्याकेज पर्याप्त नभएको विज्ञहरूले बताएका छन् । सरकारले कोरोनाले अर्थतन्त्रको कुनकुन क्षमता कस्तो असर पार्यो वा पार्दैछ भन्ने विषयमा गम्भीर अध्ययन नगरिकनै राहत घोषणा गरेको विज्ञहरूको टिप्पणी छ ।

उनीहरूले पर्याप्त अध्ययनबिना घोषणा भएका सहुलियत कार्यान्वयन फितलो हुने र लक्षित वर्गको पहुँचसम्म नपुग्ने जोखिम रहेको औंल्याएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले सरकारले आर्थिक सहुलियत घोषणा नै नगरेको बताउनुभयो । उहाँले सरकारले एकरदुईवटा कुरामा सहुलियत दिने निर्णय सार्वजनिक गरेको भन्दै त्यो पर्याप्त नभएको सुनाउनुभयो । नेपाल समाचारपत्रसँगको कुराकानीमा उहाँले प्रश्न गर्नुभयो–‘सरकारले आर्थिक प्याकेज घोषणा गरेको छ र ?’ उहाँले सरकारले कुन क्षेत्रमा कस्तो असर परेको छ, त्यसको अध्ययन गरेर क्षतिपूर्ति दिनुपर्ने बताउनुभयो । एयरलाइन्स, पर्यटन, निर्माण सामाग्रीलगायतका विभिन्न उद्योगहरूमा परेको क्षेतीबारे राज्य बेखबर बन्न नहुने उहाँको तर्क छ ।

‘कोरोनाका कारण कतिपय उद्योगी व्यवसायीहरूमा धेरै ठूलो नोक्सान भएको छ, त्यो नोक्सानको भर्पाइ कसरी गर्ने भन्ने सरकारले सोच्नुपर्छ’– उहाँले थप्नुभयो–‘हामी आजै, अहिलेको अहिले नै गर्नुपर्छ भन्दैनौं, तर सरकारले सबै हेरेर क्षतिपूर्तिको व्यवस्था मिलाउनुपर्छ ।’
उहाँले मानिसको स्वास्थसँगै अर्थतन्त्रलाई पनि स्वस्थ राख्नुपर्ने बताउँदै सरकारले यसतर्फ सोच्ने विश्वास व्यक्त गर्नुभयो ।

सरकारले घोषणा गरेको प्याकेज पर्याप्त नभएको बताएपनि उहाँले नेपाल राष्ट्र बैंकmले ल्याएको सहुलियत प्याकेजले धेरै सहयोग गर्ने उल्लेख गर्नुभयो ।

यस्तै, अर्थविद् डा. चन्द्रमणी अधिकारीले सरकारले पर्याप्त अध्ययनबिना नै सहुलियत प्याकेज घोषणा गरेको बताउनुभयो । उहाँले सरकारले घोषणा गरेको प्याकेज निम्न तथा मध्यम वर्गका मानिसको पहुँचसम्म पुग्नेमा पनि शंका व्यक्त गर्नुभयो ।

उहाँले सरकार तथ्यांकमा जान नसकेको जस्तो लागेको उल्लेख गर्नुभयो । ब्याज तथा कर तिर्ने मिति पर सार्ने निर्णय सामान्य भएको बताउँदै उहाँले विद्युत महशुल १ सय ५० युनिटसम्म प्रयोग गर्नेलाई छुट दिने कुरा आवश्यक नभएको बताउनुभयो । उहाँले संकटको घडिमा क्वारेन्टाइनमै बसेर भएपनि उद्योग चलाउन सके त राम्रो हुने बताउँदै घरायसी काममा पनि विद्युत खपत घटेको अवस्थामा त्यो राखिरहनुनपर्ने तर्क गर्नुभयो ।

नेपाल समाचारपत्रसँग उहाँले भन्नुभयो- ‘भोलिका दिनमा अर्थतन्त्रलाई माथि उचाल्नका लागि गर्नुपर्ने कुराहरू त सरकारले थप गर्नुपर्छ नै आम जनतालाई दैनिक जिवनयापनमा अप्ठ्यारो परेको बताउँदै उहाँले निम्न तथा मध्यम वर्गलाई सम्बोधन गर्नेगरी प्याकेज आउनुपथ्र्यो । तर त्यस्तो नभएको उहाँले बताउनुभयो ।

स्थानीय तहले दैनिक ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्नेहरूका लागि प्याकेज ल्याउने भनेपनि त्यो कहिले आउने भन्ने कुरा स्पष्ट नभएको उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो–‘अब त ढिला भइसकेको छ, लकडाउन भएकै एक हप्ता भइसकेको छ, स्थानीय तहले कहिले राहत दिने रु’

गरिब वर्गको चुल्हो बल्नै छाडिसकेको अवस्थामा सरकारले ध्यान दिन नसकेको उहाँले बताउनुभयो । उहाँले सरकारले कोरोनाले कुन क्षेत्रमा कस्तो असर पारेको छ भन्ने विषयमा पर्याप्त अध्ययन नगरेको समेत उल्लेख गर्नुभयो ।