इटालीमा एकैदिन ९ सय ६९ को मृत्यु, नेपाली भने सुरक्षित

0
Shares

दिपेन्द्र गजुरेल, स्पेन।

इटालीमा एक दिनमा ९ सय ६९ जनाको मृत्यु भएको छ भने संक्रमित हुनेको संख्या ८६ हजार ४सय ९८ पुगेको छ । यसैगरी उपचारपछि सञ्चो भएर घर फर्किने १० हजार ९सय ५० पुगेको छ भने अहिले सम्म मृत्यु हुनेको संख्या ९ हजार १ सय ३४ रहेको छ । संक्रमणबाट सबभन्दा बढि प्रभावित लोम्बार्दिया लगायत इटालीका सबै क्षेत्रमा संक्रमण तिब्र रूपमा बढ्दै गइरहेको छ ।

स्थानीय समाचार माध्यमका अनुसार अहिले सम्म ४५ जना भन्दा बढि डाक्टरहरुको कोरोनाबाट मृत्यु भइसकेको छ भने ६ हजार भन्दा बढि स्वास्थ्य क्रमिहरू संक्रमित भएका छन् । इटालीका लोम्बार्दिया लगायत बढि प्रभावित क्षेत्रका हस्पिटलहरुमा डाक्टर , नर्सहरुको कमि रहेको छ भने बिरामी उपचारको लागि इन्टेनसिब केयरको लागि समेत बेढहरुको अभाब देखिएको छ ।

यसैगरी स्वास्थ्यकर्मीहरूको लागि चाहिने अति आवश्यक उपचार लागि चाहिने सुरक्षाको सामग्रीहरु र मेडिसिनहरुको कमि रहेको स्थानिय संञ्चार माध्यमहरूले जनाएको छ । कोरोनाको संक्रमण विश्वभर तिब्र रूपमा फैलदै गरेको अवस्थामा भ्याटिकन स्थित पोपले संक्रमण रोकथामको लागि बिशेष प्रार्थना समेत गरेको जनाइएको छ । मार्च ८ तारिकबाट सरकारले अति आवश्यकता बाहेक भ्रमणमा प्रतिबन्ध लगाएको भएतापनि संक्रमण नियन्त्रणमा नआएपछि अन्योलता बढ्नुको साथै पुन थप प्रतिबन्ध लगाईने हो कि भन्ने सन्त्रास नेपालीहरूमा बढेर गएको एनआरएनए उपाध्यक्ष छविलाल कडेल बताउछन् । उपाध्यक्ष कडेलले भने नेपालीहरु संक्रमित अहिले सम्म भएको जानकारीमा आएको छैन ।

इटालीमा कोरोनाको महामारी क्रमिकरुपमा बढिरहदा इटालीस्थित नेपालीहरु पनि नराम्रो संग प्रभावित भएको कंडेलको दावी छ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वयन समिति इटालीका उपाध्यक्ष समेत रहेका कंडेलका अनुसार अहिले सम्म इटाली भित्र नेपालीहरू संक्रमित भएको खबर कहिबाट नआएकोमा खुशी ब्यक्त गर्छन् । उपाध्यक्ष कंडेल थप्छन ,’इटाली भित्र करिब १५ सयको हाराहारीमा नेपालीहरु रहेका छन्। कोरोना संक्रमणबाट सबभन्दा बढि प्राभवित मिलान लगायत लोम्बर्दिया क्षेत्रमा लगभग ३ सय नेपालीहरु बसोबास गर्दछन् । संक्रमण बढ्दै गर्दा इटाली भित्र रहेका कुनै पनि नेपालीलाई समस्या नपरोश भन्नको लागि इटालीका सम्पूर्ण क्षेत्रमा बस्ने नेपालीहरु विच भाईचारालाई अझ मजबुद बनाउन विशेष टास्कफोर्स गठन गरिनुको साथै तत्कालिन रुपमा खाद्यान्न लगायत समानहरुको सहयोगका लागि राहतकोष बनाइएको छ । ‘ कुनैपनि नेपालीहरूलाई भैपरी आउने समस्यामा स्थानिय नेपाली समाज र एनआरएनए इटालीको सम्पर्कमा आउन आग्रह समेत गरेका छन् ।

इटाली सरकारको नियम पालाना गर्दै सबैजना घरमा सुरक्षित बस्न एनआरएनएले विशेष अनुरोध समेत गरेको छ । इटालीयन सरकारले कोरोनाको महामारीबाट प्रभावितलाई सहयोग गर्नको लागि पहिलो चरणको सामाजिक राहतको घोषणा गरेको छ जस अन्तर्गत सम्पूर्ण बैधानिक कामधारहरुलाई ८० प्रतिसत मासिक तलब लगायत विभिन्न राहत प्याकेजहरु समेत रहेकोले केहि राहत भएको उनको भनाई छ ।