चौथो कोरोना संक्रमित धनगढीमा उपचार हुँदै

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

विश्व व्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाईरस अब नेपालमा चुनौतिको रुपमा देखा परेको छ । शुक्रवार उपत्यका बाहिरका पहिलो व्यक्ति कोरोना भाईरबाट संक्रमित भेटिएपछि चौथो व्यक्ति संक्रमित प्रमाणित भएका छन् ।

 

कोरोना भाईरस (कोभिड १९) को चौथो संक्रमित ३४ बर्षिय एक व्यक्ति दुबईबाट आएका व्यक्ति हुन र उनको ११ गते नमूना संकलन गरिएको र १४ गते कोरोना प्रमाणित भएकाले सेती प्रादेशिक अस्पताल धनगढीमा सामान्य अवस्थामा उपचार भैरहेका स्वास्थ्य तथा नजसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी गराउनुभएको छ ।

 

बिदेशबाट आउनुभएका सबै महानुभावहरुलाई स्वास्थ्य परिक्षणमा अनिवार्य रुपमा आउँने र होम क्वारेन्टाइनमा बस्नका लागि डा.देवकोटाले आग्रह गर्नुभयो । अहिले सम्म प्रमाणित भएका व्यक्तिको संक्रमणमा आएका कसैलाई पनि कोरोना संक्रमण देखिएको छैन । यसो भन्दैमा ढुक्क भएर बस्न सक्ने अवस्था भने नभएको डा.देवकोटा बताउनुहुन्छ ।

 

स्वास्थ्य मन्त्रालयले सकेसम्म नयाँ ढंगबाट आम नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्नका लागि आवश्यकता पर्ने सामग्री जुटाउने कार्य जारी छ । सोमबार सम्म आवश्यकता अनुसारको पीपीए उपलब्ध गराईसक्ने पनि उहाँले बताउनुभयो । बिरामीको ज्वरोमात्र जाच्नका लागि पिपिएको जरुरी पर्दैन तर पनि सुरक्षित हुनु जरुरी हुन्छ ।

 

अहिले हामी कोरोना विरुद्धको लडाईमा छौ । अहिले दक्षिण पूर्वी एशियाली मुलुकमा फैलावट कम भएको देखिन्छ । यो अमेरिकाको दाजोमा कम हो । भारतमा लक डाउन गरेसँगै नेपाल सरकारले पनि लक डाउन गरेको छ । यो सराहनिय कार्य हो । अझै पनि साँझ पख बजारमा केही मानिसहरु निस्कने गरेको, सामानहरु किन्ने गरेको अवस्थामा १ मिटरको दुरी कायम गर्न अनुरोध गर्नुभयो ।

 

अहिले सम्म कोरोना भाईरस थुकको छिट्टाबाट सरेको छ । त्यसैले घरमा पनि एक मिटरको दुरीमा बस्ने र ज्वरो खोकी आएको छ भने माक्स लगाउनुपर्छ । पर्सनल प्रोटेक्टेड डे«सको सही सदुपयोग गर्न समेत प्रेस व्रिफिङका अवसरमा अनुरोध गरिएको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना फैलिहालेको अवस्थामा नियन्त्रण गर्न व्यापक तयारी गरेका छौ । काठमाडौमा ६ वटा हव र ७८ वटा अस्पताल तयारी अवस्थामा छन् । नेपाल सरकार तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तर्फबाट पिपिएका लागि प्रोटोकल तय गरेका छौ । महामारी आएको बेलामा पिपिए भएन भने झन ठूलो महामारी हुन सक्छ भनेर क्याटागोरीकल्ली तयार गर्ने प्रोटोकल बनाएका छौ ।

 

एन ९५ माक्स, ग्लोब, गाउन, भाईजर बिरामीको नमूना परिक्षण गर्नेले लगाउने, नेपालका विज्ञहरुको सल्लाह अनुसार तयार गरिएको छ त्यसैगरी प्रोटोकलमा उपचारमा संलग्न चिकित्सकले सर्जिकल माक्स, गगल्स, गाउन, ग्लोब्स, रेगुलर डिस्पोजेबल क्याप लगाउन सकिने स्वास्थ्य मन्त्रालयका विशेषज्ञ सल्लाहकार डा.खेम कार्कीले बताउनुभयो ।

 

यता सरकारले लक डाउन गरेको चौथो दिन पनि शुक्रवार दिउस भरि पास लिएर गाउँ फर्कनेको लर्को दशैमा घर फर्किनेको भन्दा कम थिएन । काभ्रेको धुलिखेल हुँदै पूर्व जाने गाडिहरुको लर्को देख्दा काठमाडौमा मात्र लक डाउँन भएको भान भएको सिन्धुली बर्दिवास सडक खण्ड भकुण्डे निवासी स्थानिय वासिन्दाले गुनासो गर्नुभयो ।

 

उहाँले चिन्ता व्यक्त गर्दै भन्नुभयो—लक डाउन भनेको जो जहाँ छ त्यहि सुरक्षित रहने व्यवस्था हुनुपर्नेमा पास दिई मजदुरहरुलाई गाउँ पठाउँदा अबको संक्रमण शहर हुँदै गाउँ सम्म पुग्ने उत्तिकै जोखिम बढेको छ भन्नुभयो ।