उच्चस्तरीय समितिका संयोजद्वारा सातै प्रदेशका मुख्यमन्त्रीसँग ‘भिडियो कन्फरेन्स’

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा र नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक एवं पप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले ७ वटै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो कन्फरेन्स मार्फत कुराकानी गर्नुभएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरवारबाट उहाँले भिडियो कन्फरेन्समार्फत प्रदेशका मुख्यमन्त्रीहरुसँग कोरोना रोकथाम र निन्त्रणको लागि भइरहेको तयारीको बारेमा जानकारी गराउनुभएको थियो ।

संयोजक पोखरेले उच्चस्तरीय समन्वय समितिको निर्णय, नीति तथा कार्यक्रमका बारेमा मुख्यमन्त्रीहरुलाई जानकारी गराउनुको साथै प्रदेशहरुको अवस्था तथा समस्याका बारेमा जानकारी लिनुभएको थियो । उच्चस्तरीय समन्वय समितिको बैठक आज बेलुका ५ बजे प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बस्दैछ ।