न्युज अफ नेपाल, काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले त्रिवि शिक्षण अस्पतालमा उपचारत रहनुभएका प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताउनुभएको छ ।
पूर्व प्रधानमन्त्री समेत रहनुभएका उहाँले प्रधानमन्त्री ओलीको स्वास्थ्यको बारेमा चिकित्सकहरुसँग जानकारी लिनुभएको छ मुटुको चाल केही बढेपछि बिहीबार राति प्रधानमन्त्री ओलीलाई त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो ।
नेता नेपालले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएकाले सम्भवतः आजै साँझसम्म उहाँलाई डिस्चार्ज गरिने जानकारी पाएको बताउनुभयो ।











प्रतिक्रिया