कोरोना भाइरसको सामना गर्न खिजीदेम्बा ५ मा समन्वय समिति गठन

0
Shares

लिला सुनुवार, ओखलढुंगा ।

हाल विश्वमा आताङक फैलाई रहेको कोरोना भाइरस (कोभिट १९) को सामना गर्नको लागि खिजीदेम्बा गाँउपालिकाको वडा नं. ५ मा समन्वय समिती गठन गरिएको छ ।

आज बिहान खिजीदेम्बा ५ काअध्यक्ष रामकुमार सुनुवारको अध्यक्षतामा बसेको वडा समितीको बैठकले वडा सदस्य ठंक माया गौतमको संयोजकत्वमा १० सदस्यीय समिती गठन गरेको हो । समितीले आजै वडा कार्यलयमा पहिलो बैठक बसि वडाका सम्पूर्ण नागरिकहरुलाई कोरोना भाइरससम्बन्धी सचेतना फैलाउने, कोरोना भाइरको लक्षण देखिएका बिरामीहरुलाई गाउँपालिकाले व्यवस्थापन गरेको क्वारेन्टाईनमा ल्याउन मद्दत गर्ने बिषयमा निर्णय समेत गरेको छ ।