चापाकोट नपाका ७० जना होम क्वारेन्टाइनमा, मजदुरको लागि राहत वितरण हुँदै

0
Shares

भूपराज बस्याल, स्याङ्जा । 

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभीड १९) को उच्च सतर्कताका लागि बिदेश बाट आएको १४ दिन सम्म क्वारेन्टाइन बस्नुपर्ने सरकारले गरेको आह्वान स्वरुप स्याङ्जाको चापाकोट नगरपालिकामा ७० जना होम क्वारेन्टाइनमा राखिएको मेयर शिवकुमार गिरिले जानकारी दिनुभयो ।

भारत दुबई कतार लगायतका ठाउँबाट आउनु भएका ब्यक्तिहरुलाई होम क्वारेन्टाइनमा राखिएको मेयर गिरिले जानकारी दिनुभयो । अहिलेसम्म भाइरसको कुनै लक्षण नदेखिएको भएपनी सामान्य रुघाखोकी लाग्नेहरु भने नगरपालिकामा रहेको गिरिले जानकारी दिनुभयो । “ हामीले पालिकामा क्वारेन्टाइन र आइसोलेसन वाडको ब्यबस्था गरेका छौ । तर अहिलेसम्म कोरोनाको लक्षण भएको बिरामी फेला नपरेको हुँदा हालसम्म बिदेश बाट आएका सबैलाई नगरपालिकाको सम्पर्कमा होम क्वारेन्टाइनमा राखेका छौं । “

अहिलेसम्म सबै अवस्था सामान्य रहेको हुँदा नगरवासी हतोत्साहित नहुन तर सबैलाई सजक रहन गिरिको आग्रह छ । सरकारले गरेको लकडाउनलाई नगरवासीले पुर्णरुपमा पालन गरेको भन्दै दैनिकी मजदुर गरेर जिविकोपर्जन गर्नेहरुमा लकडाउनले ठूलो असरपारेको हुँदा ती मजदुरहरुको लागि नगरपालिकाले छुट्टै राहत प्याकेज ल्याउ लागेको उहाँले जानकारी दिनुभयो । “ हामी बैठक बस्न पाएका छैनौं बैठक बसे लगत्तै दैनिकी गुजारा चलाउन अप्ठ्यारो भएका हरुका लागि राहत प्याकेज ल्याउने छौ “ उहाँको भनाइ थियो ।