गौरीफन्टा नाकाबाट नेपाल प्रवेश गरेका सबैको स्वास्थ्य परिक्षण गरियो

0
Shares

राम धामी, डडेल्धुरा ।

रोजगारीको क्रममा भारतको बिभिन्न स्थानमा रहेका नेपालीहरुलाइ राख्नका लागि परशुराम नगरपालिकाले क्वारेन्टाइनको व्यवस्था गरेको छ ।

नगरपालिकाको वडा न १२ स्थित त्रिवेणी बहुमूखी क्याम्पसलाइ क्वारेन्टाइनका रुपमा प्रयोग गरिएको परशुराम नगरपालिकाका नगर प्रमुख भीमबहादुर साउँदले जानकारी दिए ।

मंगलबार गौरिफन्टा नाकाबाट नेपाल फर्काइएका मध्ये करिव ४५ जना नेपाली नागरिकलाई उक्त क्वारेन्टाइनमा १४ दिन राखिने छ । उनीहरु मध्ये ३९ जना मंगलबार राती २ बजे जोगबुडा पुगेका थिए । १४ दिनपछि उनीहरुको स्वाफको नमूना काठमाडौं पठाईने र रिपोर्ट नेगोटिभ देखिएमा उनीहरुलाइ १४ दिनपछि मात्र घर फर्काइने नगरप्रमुख साँउदले बताए ।

मंगलबार गौरिफन्टा नाकामा अलपत्र अवस्था रहेका ९ सय ९९ जना नेपालीहरुलाइ सम्बन्धित स्थानीय तहले नै क्वारेनटाइनमा राख्नेगरि उनीहरुलाइ नेपाल प्रवेश गर्न दिइएको थियो । एक्कासी ठुलो संख्यामा नेपालीहरुले स्वदेश फर्किएपछि उनीहरुबाट कोरोना भाईरस संक्रमण हुने आशंकाले क्वारेक्नटाईनमा राख्ने निर्णय गरिएको हो ।

जिल्लाको भित्रिमधेस क्षेत्रस्थित परशुराम नगरपालिकाकासाथै आलिताल गाँउपालिकाका बिभिन्न स्थानमा घर भएका ३९ जनालाई क्वारेन्टनमा राखिएको परशुराम नगरपालिकाले जनाएको छ । भित्रिमधेस क्षेत्रको केन्द्र जोगबुडास्थित जोगबुडा अस्पतालबाट खटिएका स्वास्थ्यकर्मीहरुले बुधबार उनीहरुको स्वास्थ्य परिक्षण समेत गरेका छन । बाटोमै अलपत्र बाँकी ६ जनालाई पनि क्वारेन्टाईनमा राखिने छ । कुल ४५ जना मध्ये ३९ जनालाई धनगढीबाट डोटीको बुडर हुँदै जोगबुडा पठाइएको थियो भने बाँकी ६ जनालाई कञ्चनपुरको दैजी भएर जोगबुडा पठाइएले उनीहरु ऋझै बाटोमै रहेका छन ।

हतारमा निर्माण गर्नुपर्ने भएकाले क्वारेन्टाइनको ब्यबस्थापन पनि राम्रो ढंगले हुन नसकेकाले क्वारेन्टाइनलाई थप ब्यबस्थित रुपमा बनाउने काम भईरहेको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रमुख प्रहरी निरिक्षक जनकबहादुर मल्लले जानकारी दिए । उनले क्वारेन्टाईनमा राखिएका नागरिकबारे कुनै चिन्ता नगर्न आफन्तजनलाई आग्रह गरे ।

गोरिफन्टा नाकाबाट डडेल्धुरा सदरमुकाम भित्रिएका सर्वसधारणहरुका लागि सदरमुकामस्थित अमरगढी नगरपालिकाले पनि क्वारेन्टाईनमा राख्ने ब्यवस्था गरेको छ । अमरगढी नगरपालिकाका नगरप्रमुख विश्वेश्वर प्रसाद ओझाले लकडाउनका बेला स्वदेश फर्किएका जिल्लाबासी सर्वसधारणलाई १४ दिन क्वारेन्टानईनमा राख्न सदरमुकामस्थित त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस डडेल्धुरा बहुमुखी क्याम्पसमा क्वारेन्टाईनको व्यवस्था गरिएको बताए । उनले जिल्लाका बिभिन्न स्थानका ३० जना नागरिकहरु सदरमुकाममा रहेकाले बुधबारनै उनीहरुलाई क्वारेन्टाईनमा राखिने बताए ।