विश्वक्षयरोग दिवस : काभ्रेमा १ सय ८ जना क्षयरोगी, १९ वटा माइक्रोसकोपिक सेन्टर सञ्चालन

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

क्षयरोगका कारण मृत्यु भएका व्यक्तिहरुको सम्झना स्वरुप हरेक बर्ष २४ मार्चमा बिश्वक्षयरोग दिवस मनाउने गरेको छ । यो वर्ष कोरोाना भाईरसका कारण यो दिवस नमनाए पनि क्षयारोगीहरुको अवस्थाका बारेमा स्वास्थ्य कार्यालयले विज्ञप्ती मार्फत जानकारी गराएको छ ।

जिल्लामा क्षयरोगीहरुको संख्या कम गर्न सरकारी १ सय १५, गैह्सरकारी संस्था १, नीजि २ र अन्य १ गरी १ सय २० स्थानबाट डटस सेवा शुरु भईरहेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र झाले जानकारी दिनु भएको छ । उक्त रोग निदानको लागी १९ वटा माइक्रोसकोपिक सेन्टरहरु सञ्चालित भईरहेको उहाँले बताउनु भयो ।

आर्थिक वर्ष २०७६/०७७ को पहिलो चौमासिकको तथ्याङ अनुसार काभ्रे जिल्लामा ५५ जना पिसिबी, १४ जना पिसिडी तथा ३९ जना इपी क्षयरोग बिरामीहरुले औषधी लिई रहेका छन् । जसमध्ये १५ देखि २४ बर्ष उमेर समुहका २१ जना, २५ देखि ३४ बर्ष उमेर समुहका २० जना र ३५ देखि ४४ उमेर समुहका २८ जना छन् ।

क्षयरोगका विरामीहरु अन्य तहमा भन्दा धेरै बनेपा नगरपालिकामा दर्ता भएका छन् । कतिपपय स्वास्थ्य संस्थामा जाँदै नजाने र गए पनि नियमित औषधी सेवन नगर्ने गरेको पाईएको छ । जिल्लामा एचईआरडी सस्था मार्फत क्षयरोग नियन्त्रण कार्यमा सहयोग हुँदै आएको छ । आगामी दिनमा सक्रिय क्षयरोगी पत्ता लगाई एमडीआर सेन्टर थप्नु पर्ने बताईएको छ । हाल खोपासी प्राथमिक स्वास्थ्य केन्द्रमा ६ जना विरामीहरुले उपचार गराईरहेका छन् ।