लकडाउन अवज्ञा गर्ने ४४४ सवारी प्रहरी नियन्त्रणमा

0
Shares

यमलाल भुसाल, बुटवल ।

सरकारले जारी गरेको लकडाउनको सुचना अवज्ञा गरि बजारमा सवारी साधन चलाउने ४ सय ४४ वटा सवारी साधनलाई प्रदेश ५ को टृाफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रदेश ५ को टृाफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार सरकारले जारी गरेको लकडाउनको सुचना अवज्ञा गरि सवारी चलाउने ३ सय २३ वटा मोटरसाईकिल २१ वटा कार, २० वटा बस, ६५ टृक र १५ वटा अटोलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

प्रदेश ५ को टृाफिक प्रहरी कार्यालयका सुचना अधिकारी राम प्रकाश शाहका अनुसार प्रदेशका १२ जिल्ला मध्ये नवलपरासी, अर्घाखाची, वाके र रुकुम जिल्लामा लकडाउनको सुचना अवज्ञा गरि सवारी संचालन नगरिएको र वाकी ८ जिल्लामा नियमको उल्लघन भएको बताउनु भयो । जस अनुसार रुपन्देहीमा १६७, दागंमा ९५, कपिलवस्तुमा ७२, वर्दियामा ४१ पाल्पा २७, गुल्मीमा १२ प्युठानमा २२ रोल्पामा ७ वटा सवारी सान प्रहरीले नियन्त्रणमा लिएो छ । सरकारले जारी गरेको लकडाउनको सुचना अनुसार अत्यावश्य सवारी सान विरामी ,मलामीा गाडीलाई प्रहरी प्रशासनको सहजिकरणमा संचालनको व्यवस्था मिलाईर्एको पनि सुचना अधिकारी शाहले बताउनुर भयो ।

लकडाउनको मर्म बुझेर घरमै बसेर सुरक्षित रहन र कोरोनाले ठुलो सानो सत्तापक्ष विपक्ष केही भन्दैन त्यसैले अत्यावश्यक वाहेक घरवाहिर ननिसक्कौ भन्ने मान्यतालाई पालना गर्न पनि प्रशासनले आह्वान गरकोे छ ।यसै बिच हल्ला गर्दै हिड्ने २ जनालाई बुटवलमा प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले उनीहरुलाई बुटवलको राजमार्ग चौरहाबाट नियन्त्रणमा लिएको हो । मादक पदार्थ सेवन गरेर मोटरसाईकलमा हो-हल्ला गर्दै जथाभावी हिड्ने बुटवलकै हेमन्त घिमिरे र नवराज श्रेष्ठलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले जननकारी दिनु भयो ।

प्रहरीले उनिहरुले प्रयोग गरेको लु २६ प ५६५२ नम्बरको स्कुटर र लु ३० प ९७०८ नम्बरको मोटरसाईकल समेत नियन्त्रणमा लिएको जनाएको छ ।