बेवारिसे अवस्थामा एक महिलाको शव भेटियो

0
Shares

न्युज अफ नेपाल, बझाङ ।

बझाङको केदार स्युँ गाँउपालिका १ धर्मघाटको भिरमा एक महिलाको शव भेटिएको छ ।

बेवारिसे अवस्थामा फेला परेका शव अन्दाजी ४०र ४५ वर्षिय महिलाको हुनसक्ने प्रहरीले जनाएको छ । डोटीबाट आएको सशत्र प्रहरीको रेस्क्यु टोली र बझाङको सशस्त्र प्रहरी टोली मिलेर भिरबाट महिलाको शव निकालेको थियो ।

भीरको अप्ठ्यारो भागमा भेटिएको महिलाको शव गलिसकेको थियो । मृतक महिलाले रातो, सेतो र पहेलो धर्का भएको स्विटर, हरियो फुलबुट्टा भएको धोती, हरियो पेटिकोट ,घाँटीमा हरियो र पहेलो दाना भएको २ वटा पोते, हातमा चाँदीको बाला र प्लाष्टिकको चुरा लगाएकी छन् ।

शवको पहिचान भने भएको छैन ।