रोहिणी गाउँपालिकाले कोरोना शंकास्पद व्यक्तिलाई घरमै चेकजाँच गर्ने

0
Shares

यमलाल भुसाल, बुटवल

रुपन्देहीको रोहिणी गाउँपालिकाले कोरोनाको संक्रमित देखिएका आफ्ना गाउँपालिकावासीलाई नआत्तिन आग्रह गरेको छ । उसले कसैलाई पनि कोरोनाको शंका लागे त्यसको चेकजाँचको सम्पूर्ण ब्यवस्था गाउँपालिकाको जिम्मेवारी रहेको जनाएको छ ।

रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले गाउँपालिकामाकसैलाई कोरोनाको संक्रमणको आशंका भए सोझै गाउँपालिकामा सम्पर्क राख्न अनुरोध गरेका छन् । शंकास्पद बिरामीलाई गाउँपालिकाले घरमै पुगेर सम्पूर्ण सेवा निशुल्क प्रदान गर्ने यादवले बताउनु भयोे ।

उहाँले गाउँपालिकाकै स्वास्थ्यकर्मी प्रयोग गरेर र त्यसले पनि नपुगे दक्ष जनशक्ति गाउँपालिकामै मगाई स्थानियहरुको निःशुल्क सेवा गर्ने जानकारी दिनु भयो । कोरोना भाईरसकै कारण नतर्सिन आग्रह गर्दै उहाँले यसबाट सावधानी अपनाउन भने आग्रह गर्नु भयोे । ग्रामीण क्षेत्रमा अहिले पनि सरसफाईको उचित प्रवन्ध नभएको कारण सरसफाईमा बिशेष ध्यान दिन पनि उहाँले आग्रह गनुर्स भयोे ।

यस अघि नै आफ्नो सीमा क्षेत्रमा हेल्प डेस्क राखेर नेपाल भित्रिने भारतीय तथा नेपालीको गाउँपालिकाले स्वास्थ्य चेकजाँच गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपानेले बताउनु भयो ।