प्रदेश पाँचका नेकपा सांसदको १५ दिनको तलब कोरोना राज्यकोषमा

0
Shares

यमलाल भुसाल, बुटवल ।

विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस(कोभिड १९) को रोकथाम तथा नियन्त्रण गर्नका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट निर्वा्चित प्रदेश ५ का सांसदहरुले १५ दिन बराबरको तलब कोरोना नियन्त्रणको लागि राज्यकोषमा जम्मा गर्ने निर्णय गरेका छन ।

कोरोना भाइरसको सम्भाबित संक्रमणको जोखिमलाई कम गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश ५का सांसदहरुले १५ दिनको तलब बराबरको आर्थिक सहयोग स्वरुप राज्यकोषमामा जम्मा गर्ने निर्णय भएको नपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश पाँचका प्रमुख सचेत भुमिश्वर ढकालले जानकारी दिनु भएको हो ।

चीनबाट सुरु भएको उक्त भाइरस अहिले बिश्वका १९४ भन्दा बढी देशहरुमा फैलिसकेको भने यस कोरोना भाइरसबाट इटली बढी प्रभाबित भएको छ । छिमेकी देश भारतमा समेत कोरोना संक्रमित बिरामी फेला परेकोले नेपाल भारतसंगको खुल्ला सिमा भएकोले पनि नेपालले उक्त कोरोना भाइरसको संक्रमणको जोखिमलाई कम गर्न सचेतता संगै सबै कुरामा तयारी हुनुपर्ने सांसद ढकालले बताउनु भएको छ ।

महामारीको रुपमा बिश्वभर फैलिरहेको कोरोना भाइरसको जोखिमबाट जोगिन प्रदेश ५ का सम्पुर्ण नागरिकहरुलाई घरमै क्वारेन्टाइनमा बस्न , मास्क प्रयोग गर्न,अत्यावस्यक काममा बाहेक सामान्य कामका लागि घर बाहिर ननिस्कन र नियमित साबुनपानीले हात धुन समेत प्रदेश ५ का नागरिकहरुलाई सांसद ढकालले अनुरोध गर्दै प्रदेश पाँचका स्थानिय सरकारको रुपमा रहेका सबै पालिकाहरुलाइ सतर्कता अपनाउन बिभिन्न संचार माध्यम मार्फत सचेतनामूलक कार्यक्रम तथा शन्देस प्रवाह गर्नुपर्नेमा जोड दिनु भएको छ ।

पर्देश ५मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को तर्फबाट बिजयी ६१ जना सांसदहरु रहेका छन ।