कोरोनाबाट बच्न बुटवलका विद्यार्थीले बनाए स्मार्ट स्यानिटाइजर डिस्पेन्सर

0
Shares

यमलाल भुसाल, बुटवल ।

कोेरिया नेपाल इन्स्टीच्युट अफ टेक्निोलोजिका विद्यार्थीहरुले कोरोना भाइरस (कोभिड १९)को महामारीलाई राहत दिन स्मार्ट स्यानिटाइजर डिस्पेन्सरको निर्माण गरेका छन् ।

५ जना विद्यार्थीले ३ दिन लगाएर स्मार्ट सेनिटाइजर डिस्पेन्सरको निर्माण गरेका हुन् । यसलाइ उनीहरुले कोभिड १९ को महामारीलाई राहत दिन निर्मित स्वचालित परियोजना भनेका छन् ।

३ दिनको कडा मेहनतपछि स्मार्ट सेनिटाइजर डिस्पेन्सरको सफलतापूर्वक निर्माण गरिएको समुहका दिनेश ओलीले बताउनु भयो ।
ओलीसंगै दिनेश बस्याल,विवेक पौडेल,बसन्त पौडेल,सुजन पौडेल, टेक जोन ट्रेर्डसका म्यानेजिङ डाइरेक्टर अनन्त न्यौपाने र ललित राहुल मगरले सेनिटाइजर डिस्पेन्सर बनाइका हुन् ।

खासगरी कोरोनाको संक्रमण हातबाट छिटो फैलिने हुनाले उनीहरुले सार्बजनिक स्थानमा सचेतना जगाउदै निर्माण गरिएको स्मार्ट सेनिटाइजर डिस्पेन्सरलाइ राख्ने समत जनाएका छन् । सडकमा आवतजावत गर्ने र भिडभाडमा कोरोना संक्रमणबाट लाग्न सक्ने भएकाले सेनिटाइजर डिस्पेन्सरको प्रयोग गरे यसबाट हातमा रहेका किटाणु मर्ने बुटवलको टेक जोन ट्रेर्डसका म्यानेजिङ डाइरेक्टर अनन्त न्यौपानेले बताउनु भयो ।

कोेरिया नेपाल इन्स्टीच्युट अफ टेक्निोलोजिमाका बिद्यार्थीहरुको ग्रुपले बनाएको स्मार्ट सेनिटाइजर डिस्पेन्सरको सफल परिक्षण समेत गरिएको छ ।

यस मेसिनमा भरिएको स्यानिटाईजर प्रयोग भएपश्चात् सकिएमा मेसिन सञ्चालन गर्ने अधिकृतलाई सकिएको सुचना जान्छ र अधिकृत व्यक्तिले स्यानिटाईजर पुनःभर्नुपर्दछ ।

हातहरूको सेन्सरबाटै आफै निश्चित मात्रामा स्यानिटाइजर हातमा झरेपछि मानिसले हातमा लगाउन मिल्नेगरि बनाइएको छ ।
यसमा अन्तरनिर्मित इन्फ्रारेड अल्ट्रासोनिक स्मार्ट सेन्सर राखिएको छ । जसले स्वचालित रूपमा सेनिटाइजर वितरण गर्ने दिनेश बस्यालले बताउनु भयो ।

टेक जोन ट्रेर्डस बुटवलले साढे १ करोडको लगानीमा बुटवलमा रोवर्ट पार्टस्,ड्रोन पार्टस् तथा अन्य प्राजेक्टका लागि चाहिने सामग्री बिक्रि बितरण र आवश्यक अनुसन्धान समेत गरिरहेको डाइरेक्टर न्यौपानेले बताउनु भयो ।