सुनसान धादिङ

0
Shares

सीताराम अधिकारी, धादिङ ।

कोरोना भाइरस (कोभिड १९) बाट नागरिकलाई बचाउन सरकारले गरेको लक डाउनका कारण जिल्ला सदरमुकाम र यस जिल्लाका विभिन्न बजारहरु सुनसान भएको छ ।

पुथ्वी राजमार्ग, कालुपाण्डे मार्ग रआसपासका क्षेत्रमा सवारी साधन चलेका छैनन् । प्रहरी र सेनाका सवारी साधन र अत्यावस्यक सवारीसाधन राजमार्गमा संचालन भएको छ । बजार क्षेत्रका पसलहरु फट्ट फुट्टमात्र खुलेका छन् ।

जिल्ला सदरमुकाममा सबे पसलहरु बन्द भएका छन् । सडकमा सवारी साधन चलेको छैन । चलेका सवारी साधनलाई प्रहरीले चेक जाँच गरेको छ । प्रेस, स्वास्थ्यकर्मी र अन्य अत्यावस्यक सवारी साधन मात्र संचालनमा आएको छ । ठाउँठाउँमा प्रहरीले चेक जाँच गरेर मात्र सवारी साधनलाई आवत जावत गर्न दिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक रबिन्द्र रेग्मीले जानाकारी दिनुभएको छ ।

महादेबबेसीमा भने केही पसलहरु लकडाउनको अवज्ञा गरि संचालनमा आएको छ । जिल्ला प्रशासन कार्यालयले लक डाउनको अवज्ञा गर्नेलाई कारबाही गर्ने सूचना जारी गरेको छ ।

जिल्लाका इट्टा एदोगहरु, क्रसर व्यवसायहरु, सबै होटलहरु समेत बन्द गरिएको छ । जसले गर्दा कुनैपनि बजारहरुमा मानिसहरु बाहिर निस्केका छैनन् ।