त्रिपुरासुन्दरी गापाद्वारा व्यक्तिगत सुरक्षा उपकरण वितरण, आइसोलेशन कक्ष निर्माण

0
Shares

सीताराम अधिकारी, धादिङ ।

त्रिपुरासुन्दरी गाउँपालिकाले जिल्लामै पहिलो पटक व्यक्तिगत सुरक्षा उपकरण विभिन्न स्वास्थ्य संस्थाहरुलाई वितरण गरेको छ ।

गाउँपालिकाले स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरुका लागि संभासवित विरामी फेला पारेमा उनिहरुको स्वास्थ्य उपचारका बेला स्वास्थ्यकर्मीलाई संक्रमणबाट बचाउन व्यक्तिगत सुरक्षा उपकरण हस्तान्तरण गरिएको हो ।

गाउँपालिका अध्यक्ष शम्भु थापाले हिजो एक कार्यक्रमका बीच सल्यानटार प्राथमिक स्वाथ्य केन्द्रलाई १० सेट सो सामाग्री हस्तान्तरण गर्नुभएको हो ।

त्रिपुरासुन्दरी गाउँपालिकाले व्यक्तिगत सुरक्षा उपकरण सबै स्वास्थ्य संस्थामा २÷२ सेटका दरले वितरण गरेको छ । गाउँपालिकाले ५ लाखको लागतमा यस किसिमको सामाग्री २५ सेट खरिद गरि पालिकामा ल्याएको त्रिपुरासुन्दरी गाउँपलिका स्वास्थ्य संयोजक यमबहादुर श्रेष्ठले बताउनुभएको छ ।

कोरोना भाइरस (कोभिड १९) बाट बच्नका लागि त्रिपुरासुन्दरी गाउँपालिकाले विभिन्न तयारी गरेको । कोरोना भाइरस संक्रमण रोक्न गाउँपालिका अध्यक्ष शम्भु थापा सबै स्वास्थ्य संस्थामा हात धुने व्यवस्था, सजगता अपनाउन सूचनाका लागि पर्याप्त व्यवस्था र भारतमा वा अन्य देशबाट काम छाडेर आएकाहरुलाई पालिकाले निगरानी बढाएको बढाउनुभएको छ ।

यसैगरि त्रिपुरासुन्दरी गाउँपालिकाले आइसोलेशन कक्ष र क्वारेन्टाइन कक्षको स्थापना गरेका छ ।

सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रमा ४ बेडको आइसोलेशन कक्ष स्थापना गरिएको त्रिपुरासुन्दरी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र इटनीले जानाकारी दिनुभएको छ । प्राथमिक स्वास्थ्य केन्द्रको एक भवनमा २५ बेडको क्वारेन्टाइन कक्ष बनाइएको हो । नियमित विरामी जाँच गर्नेलाई समेत ध्यानमा राखेर आइसोलेशन र कावारेन्टाइन बनाइएको गाउँपलिका स्वास्थ्य संयोजक यमबहादुर श्रेष्ठले बताउनुभएको छ । स्वास्थ्यचौकी र प्राथमिक स्वास्थ्य केन्द्रहरुमा नियमित रुपमा आउने विरामीहरुको नियमित रुपमा स्वास्थ्य परिक्षण जारी रहने छ ।