कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै निशुल्क एम्बुलेन्स सेवा

0
Shares

शिक्षा पन्त, लमजुङ ।

बेसीशहर नगरपालिकाद्वारा निःशुल्क एम्बुलेन्स सञ्चालन गर्ने भएको छ ।

विश्वभर कोभिड–१९ को सङ्क्रमण फैलिरहेका बेला नगरमा पनि जोखिम रहेको र कुनै पनि बेला नगरवासीमा पनि सङ्क्रमण हुनसक्ने कुरालाई मध्यनजर गरि निःशुल्क एम्बुलेन्स सेवा शुरु गर्न लागिएको नगर प्रमुख गुमानसिंह अर्यालले बताउनुभयो । कोरोना भाइरसका सङ्क्रमण भएका वा शङ्का भएका नगरवासीका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन शुरु गर्न लागिएको नगरपालिकाले जनाएको छ ।

उहाँले भन्नुभयो, “नगरवासी र विशेष गरी हामीले नगरपालिकाको केही वडा दुर्गम भएकाले त्यहाँका नागरिकको स्वास्थ्यलाई बढी ध्यानमा राखेर केही दिनअघि करिब रु.१० लाख बराबरको मूल्यमा एम्बुलेन्स खरिद गरेर सञ्चालनमा ल्याइएका छौँ । कोरोना सङ्क्रमणको अन्त्य नभएसम्मका लागि कोरोनासम्बन्धी बिरामीलाई नेपालको जुनसुकै स्थानमा लैजानका लागि पनि निःशुल्क एम्बुलेन्स उपलब्ध हुने नगरपालिकाले जनाएको छ ।

यसबाहेक कोरोनाको रोकथाम लगायतका लागि पर्याप्त बजेट छुट्याउन लागिएको नगर प्रमुख अर्यालको भनाई छ । कोरोनाविरुद्ध लड्नका लागि नगरवासी, संचारकर्मी उद्योग व्यवसायी लगायत सबलाई एकजुट हुन समेत उहाँले अनुरोध गर्नुभयो ।

कोरोनाका शङ्का तथा सङ्क्रमित भई एम्बुलेन्स आवश्यक परेमा एम्बुलेन्सका चालक राजु शाक्यको सम्पर्क नं ९८४६९००४५९ मा सम्पर्क गर्न सकिने नगरपालिकाले जनाएको छ ।