कोरोनाबारे अफवाह फैलाउने पास्टर पक्राउ

0
Shares

न्युज अफ नेपाल, पोखरा ।

कृश्चियनलाई कोरोना लाग्दैन भन्दै अफवाह फैलाउले पोखराका पास्टर पक्राउ परेका छन ।

क्रिश्चियन धर्मावलम्बीलाई कोरोना लाग्नबाट प्रभुले जोगाउने भन्दै अफवाह फैलाएका पोखराका पास्टर केशवराज आचार्यलाइ डाडाको नाक प्रहरीले पक्राउ गरेको हो । पोखरा महानगरपालिका २९ पावर हाउसबाट उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् डिएसपी राजकुमार केसिले जानकारी दिनुभयो ।

‘विपदको फाइदा उठाउदै महामारीको समयमा गलत सन्देश दिदैँ हिडेका थिएू यस्तो बेलामा राज्यलाइ सहयोग गर्नपर्ने अवस्थामा झुठा कुरा फैलाउने काम गरेको कारणले पक्राउ गरेका हुँन् ,’डिएसपी केसिले भन्नुभयो ।