कोरोना प्रभाव : घोडेजात्रा स्थगित

0
Shares

न्युज अफ नेपाल, काठमाडौ ।

नेपाली सेनाद्वारा प्रत्येक वर्ष टुँडिखेलस्थित सैनिक मञ्चमा विविध अश्वकलाले भरिपूर्ण रोचक कार्यक्रमहरुसहित मनाउने गरिएको  ‘घोडेजात्रा समारोह’ स्थगित गरिएको सेनाले जनाएको छ । विश्वभर फैलिरहेको कोरोना भाईरसको जोखिमलाई मध्यनजर गर्दै यस वर्षको घोडेजात्रा स्थगित गरिएको हो ।

परम्परालाई कायम राख्‍ने उद्देश्यका साथ नेपाली सेनाले आन्तरिक रुपमा सिमित व्यक्तिहरुको उपस्थितीमा आयोजना गर्ने योजना गरिएतापनि यस वर्षको घोडेजात्रा समारोह कोरोना भाईरस त्रासका कारण जनाएको छ । कोरोनाले उत्पन्न भएको जोखिमलाई मध्यनजर गर्दै नेपाल सरकारद्वारा रोग रोकथाम र निर्मुल गर्न लिइएको निर्णय बमोजिम समारोह नहुने भएको हो ।

कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारबाट हरसम्भव प्रयासहरु भई रहेको परिप्रेक्षमा सम्भावित प्रतिकूल परिस्थितिमा संक्रमण नियन्त्रण तथा बिरामीको उपचारको लागि नेपाल सरकारबाट प्राप्त जिम्मेवारी वहन गर्न समेत नेपाली सेना प्रतिवद्ध रहेको जनाइएको छ।