कतार एयरवेजको विमानमा आएका बनेपाका एक व्यक्ति सेल्फ क्वारेन्टाइनमा

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

फ्रान्सबाट कतारको दोहा हुँदै गत चैत्र ४ गते काठमाडौँ आइपुगेको कतार एयरवेजको फ्लाइट नं क्यु आर ६५० मा बनेपा नगरपालिका २ नालाका एक व्यक्ति भएको पाइएको छ ।

कतार एयरवेजको विमानबाट नेपाल आएक सरोज दाहाल नगरपालिकाको सम्पर्कमा आएका छन् । धुलिखेल अस्पतालमा स्वास्थ्य चेकजाँच गराएपछि दाहाल अहिले आफ्नै घरमा सेल्फ क्वरेन्टाइनमा बस्ने गरि फर्किएका छन् । दाहाल आएको कतार एयरवेजको फ्लाइटकी एक १९ वर्षीय नेपाली युवतीमा कोरोना संक्रमण भेटिएपछि सो फ्लाइटमा सवार सबै जनालाई अस्पताल जान आग्रह गरिएको थियो ।

यस्तै, सोही विमानबाट नेपाल आइपुगेका धुलिखेल काभ्रे भन्ज्याङका अर्का व्यतिm समेत धुलिखेल अस्पतालको सम्पर्कमा आएका छन । अन्य दुई व्यतिm बाग्लुङ अस्पतालमा भर्ना भएको बुझिएको छ ।