त्रसित नभई सचेत बन्न प्रशासनको आग्रह

0
Shares

बासुदेव शर्मा, जाजरकोट ।

महामारीको रुप लिदै गरेको नोवल कोरोना भाईरसविरुद्ध त्रसित नभई सचेतना अपनाउन जिल्ला प्रशासन कार्यालय जाजरकोटले विपद व्यवस्थापन समितिले सरोकारवाला निकायहरुसग छलफल गरेको छ ।

प्रमुख जिल्ला अधिकारी जनकराज पन्तको कार्यकक्षमा सरोकारवाला निकायसग विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसका विरुद्ध त्रसित नभई सचेतना अपनाउन लाग्न समन्वयात्मक बैठक गरिएको हो । नागरिकहरुलाई सचेत गराउन जनचेतना मुलक सन्देश सम्प्रेषन गर्न सरोकारवालाहरुलाई आग्रह गर्नु भयो ।

केहि छैन भनेर ढुक्क वस्नु पर्ने अवस्था केहि छैन । आ आफनो स्थानबाट रोगका विरुद्ध सम्याम्ता अपनाउनु पर्ने वेला भएकोले घर देखि वाहिर आउने भिडभाड नगर्न सुझाव दिनु भएको थियो । अत्यावस्यक काम वाहेक अन्य काममा घर देखि वाहिर ननिस्किन ५ जना भन्दा वढी जम्मा नहुन प्रमुख जिल्ला अधिकारी पन्तले आग्रह गर्नु भयो ।

देशमा महामारीको संकट उत्पन्न भएको वेला एक दुई जना व्यक्तिले समाधान गर्न नसक्ने भएकोले सरोकारवाला नागरिक स्थानिय नागरिक स्थानिय प्रशासन मिलेर संकटलाई समाधान गर्नु पर्ने वताउनु भयो ।

विश्व नै संकटमा परेका बेला कोरोना भाईरस रोक्नको लागी सरोकारवाला निकाय लगाएत  सर्वसाधारणहरुले निर्बाह गर्नु पर्ने भुमीकाका वारेमा आफनो धारण राखेका थिए । स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख टिकाराम जैसीले महामारीका वेला स्वास्थ्य कार्यालय एक्लैले समाधान गर्न नसकने वताउदै, स्वास्थ्य कार्यालयमा थर्मोमिटर लगाएतका रोग परिक्षण गर्न उपकरणहरु उपलब्ध नभएकोले स्वास्थ्य परिक्षणको लागी उपकरण तालिम प्राप्त जनशक्ति, प्रयाप्त औषधि नहुदाँ समस्या भएकोले राज्यका प्रयाप्त दक्ष जनशक्ति परिचालन गर्नु पर्ने वताउनु भयो ।

सरोकारवालाहरुले जाजरकोट जिल्लालाई तत्काल लकडाउन गरि नाकाहरुमा राखिएका हेल्प डेस्क सदरमुकाम खलंगामा राखिएका आईसोलेसन, क्वारेन्टाईनहरुमा तालिमा प्राप्त दक्ष जनशक्ति, उपकरण, औषधिको प्रयाप्त व्यवस्था लगाएतराज्यका निकायहरु शसक्त रुपमा लाग्नु पर्ने वताएका थिए । नेपाल सरकारको निर्देशन नागरिकहरुको सुझावलाई कार्यान्वयन गर्न तयार रहेको प्रमुख जिल्ला अधिकारी पन्तले वताउनु भयो ।

सरकारको निर्देशनका आधारमा कोरोना विरोधी अभियानलाई शसक्त वनाउन अत्यावश्यकिय दैनिक उपभोग्य वस्तुमा कमि हुन नदिन संम्भावित संक्रमणबाट नागरिकलाई जोगाउन अपनाउनु पर्ने उपायाका वारेमा कडाईका साथ लागु गर्ने प्रमुख जिल्ला अधिकारी पन्तले वताउनु भयो ।

नेपाली सेनाको ज्वाला दल गण व्यारेकले तत्काल विरामीहरुलाई उद्धार गरि राख्नको लागी क्वारेन्टाईन निर्माण गरेको ज्वाला दल गण मालिका व्यारेकाका गणपति सुरेन्द्र प्रताप रावलले वताउनु भयो । नेपालमा संक्रमण फैलिने सम्भावना वढी रहेका बेला सावुन पानिले हात धुन, भिड भाडमा नजान, अत्यावश्यक काम वाहेक वाहिर ननिस्कन आग्रह गर्नु भयो ।

भेरी नगरपालिकाका नगर प्रमुख चन्द्र प्रकास घर्तिले यस संक्रमणका वारेमा सवै जनप्रतिनिधिहरुलाई जानकारी गराएको वताउदै स्वास्थ्य शाखाबाट स्वास्थ्यकर्मी लगाएत औषधिको कमि हुन नदिने वताउनु भयो । उद्योग बाणिज्य संघ जाजरकोटले शाखाले महामारिलाई नियन्त्रण गर्न ३ सय ५० वटा मास्क वितरण गरेको छ ।