बझाङका सबै स्थानीय तहमा हेल्थ डेस्क स्थापना

0
Shares

ललित सिहं, बझाङ ।

बझाङका सबै स्थानीय तहले कोरोना भाइरसबाट बच्नका लागि पुर्वतयारी थालेको छ । जिल्लाका सम्पुर्ण स्थानीय तहले आफ्नो गाउँमा माक्स र साबुन वितरण गर्नका साथै प्रत्येक घरमा पुगेर स्वास्थ्य कर्मीहरूद्वारा कोरोनाबारे जनचेतना अभिवृद्धीको कार्यलाई तिव्रता दिएका छन ।

जिल्लाको छिमेकी जिल्लासंग सिमा जोडियको केदारस्यु गाउँपालिकामा उपाध्यक्ष निशा धामीको नेतृत्वमा ३ वटा हेल्थ डेस्क र बिभिन्न सार्वजनिक स्थलमा साधुन र पानीको हातधुने ब्यावस्था मिलाएको र स्थानीय हरूलाई जनचेतना जगाउँदै माक्स बितरण गरेको उपाध्यक्ष धामीले बताउनु भयकने छ । यसै गरी सुर्मा गाउँपालिकामा समेत एक स्थानमा हेल्थ डेक्स स्थापनागरी स्वास्थ्यकर्मीहरूलाई प्रत्येक घरमा खटाएर कोरोना बारे सचेतना फैलाउने काम तिव्ररूपमा भइरहेको गाउँपालिकाका अध्यक्ष नरबहादुर बोहराले बताए ।

त्यस्तै तल्कोट गाउँपालिकाले समेत दुई स्थान सुनिकोट र मेलविसौनामा हेल्थ डेस्क स्थापना गर्नका साथै गाउँपालिका भित्र रहेका चार स्वास्थ्य चौकीमा थप दुई ,दुई वटा बेड राख्ने निर्णय गरेको गाउँपालिकाका निमित्त प्रमूख प्रशासकिय अधिकृत शिद्धराज भण्डारीले जानकारी दिए । यता मष्टा गाउँपालिकामा भने तिन स्थानमा हेल्थ डेस्कको स्थापना गरिएको छ। सबै वडाहरूमा माक्स र साबुन वितरण गर्ने निर्णय समेत गाउँपालिकाले गरेको छ। जिल्लाको जयपृथ्वी नगरपालिका र बुगल नगरपालिकाले समेत कोरोनाबारे पुर्वतयारी अपनाएको छ। साथै १२ वटै स्थानीय तहबाट सार्वजनिक स्थलहरूमा साबुनपानी सहितको हातधुने व्यवस्था गरिने उनले बताए। त्यस्तै छविसपाथिभरा गाउँपालिकाले भाँडेबजारमा हेल्थ डेस्क स्थापना गर्ने निर्णय गर्नका बजारमा माक्स अभाव भएकाले गाउँपालिका आफैले माक्स उत्पादन गर्दै प्रत्येलाई मास्क र साबुन वितरण गर्ने गाउँपालिकाका अध्यक्ष अक्कलबहादुर धामीले बताए।

यस्तै खप्तड छान्ना गाउँपालिकाले समेत बाजुराको सिमाना गडराय र तमैल बजार नजीकै दुई स्थानमा हेल्थ डेस्कको स्थापना गरेको छ। थलारा गाउँपालिकाले गाउँपालिकाका ६ वटा नाकाहरूमा हेल्थ डेस्क स्थापना गर्नु कासाथै क्वारेन्टाइनका लागि थलारा माविको विद्यालयभवनमा द्द वटा बेडसहितको व्यावस्था मिलाएको गाउँपालिकाका अध्यक्ष भुवनेश्वर उपाध्यायले बताए। त्यस्तै समग्रमा जिल्लाभरी झण्डै २७ स्थानमा हेल्थ डेस्कहरूस्थापना गरिएका छन्।