न्युज अफ नेपाल, काठमाडौँ ।
कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले घोषणा गरेको ‘कोरोना कोष’ मा बसन्त चौधरी फाउन्डेसनले नगदसहित मेडिकल सामाग्री उपलब्ध गराउने भएको छ ।
चौधरीले सामाजिक सञ्जाल ट्वीटर मार्फत ५० लाख नगद र थप ५० लाख बराबरको जरुरी मेडिकल सप्लाइज उपलब्ध गराउने घोषणा गरेका छन् ।
‘काेरोना कोष मा नर्भिक र बसन्त चौधरी फाउन्डेसनको तर्फबाट सहयोग स्वरूप ५० लाख नगद तथा थप ५० लाख बराबरको जरुरी मेडिकल सप्लाइज़ उपलब्ध गराइने घोषणा गर्दछौं’, चौधरीको ट्वीटमा लेखीएको छ ।
करोना कोषमा नर्भिक तथा बसन्त चौधरी फाउन्डेसनको तर्फबाट १ करोड़ सहयोग !
कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि घोषणा गरिएको “करोना कोष” मा नर्भिक / बसन्त चौधरी फाउन्डेसनको तर्फबाट सहयोग स्वरूप ५० लाख नगद तथा थप ५० लाख बराबरको जरुरी मेडिकल सप्लाइज़ उपलब्ध गराइने घोषणा गर्दछौं ।
— Basant Chaudhary (@basant_cg) March 22, 2020











प्रतिक्रिया