सुनसान काठमाडौँका अनौठा दृष्य

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि देखापर्न थालेपछि राजधानी लगभग सून्यको अवस्थामा पुगेको छ ।

सबैले आ–आफ्नो व्यवसाय बन्द गरेर घरभित्र बस्न थालेका छन भने अत्यावश्यक बाहेक अन्य मानिसको आवत जावत पनि बन्दको अवस्थामा पुगेको छ । राजधानीका केही ठाउँमा भारतीय मूलका व्यक्तिले भने अझैँ पनि नेपाल सरकारलाई चुनौति दिँदै आफ्नो व्यवसाय संचालन गरेको देखिन्छ ।

सडकमा मानिसहरुको हिडाईपनि एकदमै पातलो देखिन्छ । यस्तै, केही उछृङ्खल युवायुवती पनि सोमबार अपराह्न मुल सडकमा नै चुम्वन गरेर हिडेको दृष्य देखिएको थियो । उनीहरुको त्यो तमासा सडकमा हिड्ने बटुवाले फर्की फर्की हेरेको देखिन्थ्यो । सरकारले उनीहरुका लागि नै सडक खाली गरिदिएको जस्तो उनीहरुको हर्कतले देखाएको थियो ।

रत्नपार्क नजिकैबाट एक जोडीलाई प्रहरीले समातेर कारवाही गर्ने चेतावनी दिएपछि उनीहरु भागेका थिए । यो संवाददाताले राजधानीका मुख्य ठाउँमा अनुगमन गर्ने क्रममा देखिएका भिन्न भिन्न दृष्यहरु हुन् । केही मानिसहरु छिटफुट रुपमा खुलेका पसलमा सामान किन्न लामवद्ध भएका देखिन्थे भने केही मानिसहरु बीच सडकबाट आफ्नो यात्रा गरिरहेका देखिन्थे ।

अधिकांश मानिसमा भने अब कोरोनाले मलाई पनि छुने होकी भन्दै कोही कसैसँग ठोक्किएलाकी भन्दै सर्तक भएर हिडेको देखिएको थियो । अब के हुन्छ बाटोमा हिड्ने अधिकांशको मुखमा त्यही वाक्य सुनिने गरेको थियो ।