सोमबार मध्यरातदेखि ‘लकडाउन’ हुँदै अर्घाखाँची

0
Shares

न्युज अफ नेपाल, अर्घाखाँची ।

कोरोना संक्रमनको जोखिम बढेपछि सोमबार मध्यरातदेखि अर्घाखाँची जिल्ला लकडाउन हुने भएको छ ।

प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले सो निर्णय गरेको हो । बैठकका अनुसार जिल्लामा प्रवेश गर्ने मालबाहक गाडीबाहेक सार्वजनिक तथा अन्य निजी सवारी साधन भने राति १२ बजेपछि बन्द हुने भएका छन् । बाहिरबाट प्रवेश गर्ने मालबाहक गाडीका चालक र सहचालको पनि हेल्थ डेस्कमा स्वास्थ परिक्षण गरिने भएको छ ।

यस्तै, खाद्यान्न र ग्यासका पसलहरु प्रत्येक दिन बिहान १० देखि २ बजेसम्म मात्र खुल्ला हुने निर्णय भएको छ । औषधि पसल र पेट्रोल पम्प भने २४ सै घण्टा खुला रहने छन् । दूध डेरी र तरकारी पसल बिहान ६ बजेदेखि ९ बजे र बेलुका ४ बजेदेखि ७ बजेसम्म खुला हुने बैठकले निर्णय गरेको छ ।