न्युज अफ नेपाल, बैतडी ।
भारतबाट फर्किएका तीन जना नेपाली नागरिकमा उच्च ज्वरो देखिएको छ ।
बैतडीको गाउँपालिका ४ का उनीहरु केही दिन अघि मात्र नेपाल आएका हुन् । कोरोना संक्रमणको आशंका गरिएका उनीहरुलाई कैलपाल आधारभूत विद्यालयको एक कोठामा राखिएको छ । मजदूरीका लागि भारत गएका उनीहरु मध्ये एकजना मुम्बई, एकजना दिल्ली र एक जना हरिद्वारबाट फर्केका हुन । उनीहरुलाई १४ दिनसम्म सेल्फ क्वारेन्टाइनमा राख्नुपर्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।
पञ्चेश्वर गाउँपालिकाको पहलमा केही दिन अघि मात्र ३३ जनालाई भारतबाट नेपाल आउन अनुमति दिइएको थियो ।











प्रतिक्रिया