सेवाग्राही ठग्ने सेल्सबेरी डिपार्टमेन्ट स्टोरलाई २ लाख जरिवाना

0
Shares

न्युज अफ नेपाल, काठमाडौं

जावलाखेलमा रहेको सेल्सबेरी डिपार्टमेन्ट स्टोरलाई सरकारले २ लाख रुपैयाँ जरिवाना तिराएको छ ।

आईतबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको अनुगमनका क्रममा तोकिएको भन्दा बढी मूल्यमा चामल बेचेको पाइएपछि जरिवाना तिराइएको हो ।

स्टोरले भ्याट बिल बनाएर चामलको बोरामा अधिकतम खुद्रा मुल्य भन्दा बढी मूल्य राखेर चामल बेचेको पाइएको थियो । सो स्टोरले बढी मूल्यमा सामान बेचेको गुनासो आएपछि विभागले अनुगमन गरेको थियो । अनुगमनका क्रममा बढी मूल्य लिएको प्रमाण भेटिएपछि उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम कारबाही गरिएको विभागले जनाएको छ ।

ग्यास अनुगमनमा निस्केको टोलीले सेवाग्राहीको गुनासो आएपछि सत्यतथ्य पत्ता लगाउन उक्त स्टोरमा अनुगमन गरेको थियो । यस्तै, ग्यास आपूर्तिमा भने खासै समस्या नदेखिएको अनुगमन टोलीले बताएको छ ।