कोरोना : आपतकालीन परामर्शका लागि उपलब्ध चिकित्सकका फोन नम्बर

0
Shares

न्युज अफ नेपाल, काठमाडौं । 

नेपाल चिकित्सक संघले विश्वव्यापी महामारीका रुपमा देखापरेको कोरोना भाइरस संक्रमण (कोभिड १९) बाट जोगिन नेपाल सरकारले घोषणा गरे बमोजिम देशभरका सम्पूर्ण नागरिकहरुलाई आकस्मिक अवस्थामा बाहेक स्वास्थ्य संस्था तथा अन्य भीडभाड हुने स्थलमा नजान र घरमै सुरक्षित रुपमा रहन सर्वसाधारण नागरिकहरुमा अपिल गरेको छ ।

देशभरका सम्पूर्ण सर्वसाधारण नागरिकहरुलाई कोरोना भाइरससँग सम्बन्धित कुनै पनि विशेषज्ञ चिकित्सकको परामर्श सेवाको आवश्यकता परेको अवस्थामा नेपाल चिकित्सक संघ केन्द्रीय कार्यालयका निम्न लिखित विशेषज्ञ चिकित्सकहरुलाई सम्र्पक गरी सम्बन्धित बिषय अनुसारको परामर्श सेवा ग्रहण गर्नु हुन यसै सूचना मार्फत सबैमा जानकारी गराउँदछु महासचिव डा.बद्री रिजालले हस्ताक्षर गरेको सूचनामा १३ जना चिकित्सकको नाम, विशेषज्ञता, सम्पर्क नम्बर र समय उल्लेख गरिएकोछ ।

सम्पर्क गर्न सकिने चिकित्सकहरु : 

सि.नं. नाम बिशेषज्ञता सम्र्पक नम्बर उपलब्ध समय (प्रत्येक दिन)

१ डा. लोचन कार्की फिजिसियन ९८५१०५६६८९ दिउसो १ देखि २ बजे सम्म

२ डा. शिव प्रसाद श्रेष्ठ बाल रोग बिशेषज्ञ ९८५१०५७१९० विहान ७ देखि ८ बजेसम्म

३ डा. अनिल बिक्रम कार्की नाक, कान, घाँटी विशेषज्ञ ९८०४२५९२८३ दिउसो १ देखि २ बजे सम्म

४ डा. बद्री रिजाल हाडजोर्नी विशेषज्ञ ९८५११४८६९९ दिउसो १ देखि २ बजे सम्म

५ डा. प्रकाश बुढाथोकी दन्तरोग विशेषज्ञ ९८४१३३६९४३ दिउसो १२ देखि २ बजेसम्म

६ डा. निरज कुमार सिंह फिजिसियन ९८४९२२८९०३ दिउसो १२ः३० देखि १ः३० सम्म

७ डा. विश्वराज दवाडी फेमिली फिजिसियन ९८४१२२६३२२ विहान १० देखि बेलुका ५ बजेसम्म

८ डा. विपेश आचार्य प्याथोलोजिष्ट ९८५१०९२७३४ दिउसो १ देखि २ बजेसम्म

९ डा. लिजन महर्जन नाक, कान, घाँटी विशेषज्ञ ९८४११९०२५८ बेलुका ५ः३० देखि ६ः३० बजेसम्म

१० डा. नन्दा कुमारी गुरुङ आँखारोग विशेषज्ञ ९८४७०३१४८६ विहान १० देखि १२ बजेसम्म

११ डा. प्रमोद जोशी हाडजोर्नी विशेषज्ञ ९८४१५२५६७० बिहान ११ देखि १२ बजे सम्म

१२ डा. रितेश थापा मानसिक रोग विशेषज्ञ ९८४१५५६४१२ बेलुका ७ः३० देखि ८ः३० सम्म

१३ डा. सन्जिव तिवारी फेमिली फिजिसियन ९८५११६७७२२ दिउसो १ देखि ३ बजे सम्म

साथै नेपाल चिकित्सक संघका सम्पूर्ण शाखा कार्यालयहरुले परामर्श सेवा प्रदान गर्न चाहने ईच्छुक चिकित्सकहरु र विभिन्न विशेषज्ञ समाजका प्रतिनिधि चिकित्सकहरुको नामावली र उपलब्ध समय तोकी सम्पूर्ण नागरिकहरुलाई कोरोना भाइरसका सम्बन्धमा उचित परापर्श सेवा उपलब्ध गराउँदै यस संकटपूर्ण अवस्थामा नेपाल सरकारलाई अतुलनिय सहयोग गर्नु हुन समेत अनुरोध गरिएको छ ।