प्रहरीद्वारा जाजरकोटमा अस्थायी क्वारेन्टाइन निर्माण

0
Shares

न्युज अफ नेपाल, जाजरकोट । 

जिल्ला प्रहरी कार्यालय जाजरकोटले विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) संक्रमणकालाई न्युनिकरण गर्न जिल्ला प्रहरी कार्यालय जाजरकोटको हाता भित्र अस्थायी क्वारेन्टाइन निर्माण गरेको छ ।

कोरोना भाईरसको संक्रमण वढ्दै गईरहेको बेला संक्रमित विरामीहरु भेटिएपछि तत्काल उद्धारको लागी जिल्ला प्रहरी कार्यालयको मौजदातमा रहने गरी ५ वटा अस्थायी क्वारेन्टाईन निर्माण गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरिक्षक किशोर कुमार श्रेष्ठले वताउनु भयो । विरामाीहरुको तत्काल उद्धार गरि उपचारमा सहयोग पुरयाउन आईतवार जिल्ला प्रहरी कार्यालयको हाता भित्र अस्थायी क्वारेन्टाईन निर्माण गरेको प्रहरी प्रमुख श्रेष्ठले वताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटमा सेवा लिन प्रवेश गरेका सेवाग्राहीहरुलाई सावुन पानीले हात धुनको लागी सहायता कक्ष नजिकै साबुन पानीको व्यवस्था समेत गरेको प्रहरीले जनाएको छ । संक्रमित व्यक्तिहरुको उद्धारको लागी जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरिक्षक महेश कुमार आचार्यको संयोजकत्वमा २५ जना टोलीहरु तयारी अवस्थामा राखेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

विश्वमा महामारीको रुपमा फैलिएको संक्रमणलाई न्युनिकरण गर्न नेपाल प्रहरीले पनि केहि सहयोग गर्नु पर्छ भन्ने हिसावले उद्धार र उपचार गर्न अस्थायी क्वारेन्टाईन स्थापना गरेको प्रहरी निरिक्षक आचार्यले वताउनु भयो । संक्रमित ब्यक्तिको पहिचान भए तत्काल उद्धार गरि उपचार गर्नको लागी अस्थायी क्वारेन्टाईन स्थापना गरेको प्रहरी निरिक्षक आचार्यले वताउनु भयो ।

जिल्ला प्रशासन कार्यालय जाजरकोटबाट प्रवाह हुने अत्यावश्यकका सेवा वाहेक सार्वजनिक सेवा प्रवाहहरु चैत ९ गते देखि अर्को सुचना जारी भए सम्मका लागी बन्द गरेको जिल्ला प्रशासन कार्यालय जाजरकोटले विज्ञप्ती मार्फत जानकारी गराएको छ ।