गोदावरीमा शंकास्पद वस्तु विस्फोट हुँदा १ को मृत्यु

0
Shares

न्युज अफ नेपाल, कैलाली ।

कैलालीको गोदावरी नगरपालिका–४ फुलबस्तीमा शंकास्पद वस्तु विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ४० वर्षीय नरबहादुर विकको रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जंगलमा भेटिएको पित्तल जस्तो देखिने वस्तु घरमा ल्याएर तताउँदा विस्फोट भएर विकको मृत्यु भएको हो ।

घटनाबारे थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।