जापान र दुबई उडान स्थगित


काठमाडौं, (नेस)

नेपाल वायुसेवा निगमले जापानको नारिता र यूएईको दुबईमा गर्दै आएको उडान चैत ७ गतेको मध्यरातदेखि लागू हुने गरी स्थगित गरेको छ।
कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले गरेको निर्णयअनुसार ती दुई गन्तव्यको नियमित उडान अर्को निर्णय चैत ३० गतेसम्मका लागि स्थगित गरिएको छ।

चैत ७ गते र सोभन्दा पछिका उडानका टिकट खरीद गरेका यात्रुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पूरै उपलब्ध गराइनेछ। यसका अतिरिक्त नियमित उडान चालू रहेका गन्तव्यका लागि टिकट लिएका यात्रुले उडानको एक दिन अघि उडान रद्द गर्न चाहेमा पनि भुक्तानी गरेको पूरै रकम उपलब्ध गराइने छ। यात्रुको उडान मिति परिवर्तन गर्दा शुल्क नलाग्ने व्यवस्था गरिएको निगमले जनाएको छ,