अमेरिकामा कोरोनाविरुद्धको खोप सीधै मानवमा परीक्षण

इटाली वृद्धहरूको उपचार गर्न नसक्ने स्थितिमा


वासिंगटन (एजेन्सी)

अमेरिकामा वैज्ञानिकहरूले कोरोना भाइरसविरुद्धको खोप तयार पारेका छन्। यसको पहिलो परीक्षण सोमबार वासिंगटनस्थित स्वास्थ्य अनुसन्धान संस्थानमा भएको छ। यो परीक्षण ४३ वर्षकी स्वस्थ महिलामाथि गरिएको थियो। उनी कोरोना भाइरसबाट संक्रमित थिइनन् तर खोपको साइट इफेक्ट पत्ता लगाउन पहिल्यै उनीमा परीक्षण गरिएको बताइएको छ।

उक्त खोप अमेरिकाको फर्मा कम्पनी मोडर्माले तयार गरेको हो र त्यसका लागि लगानी गरिरहेको नेसनल इन्स्टिच्युट अफ हेल्थसँग मिलेर परीक्षण गरिएको हो। परीक्षण सफल भए पनि यसलाई तयार गर्न १८ महिना लाग्नेछ।

यो खोप आनुवांशिक इन्जिनियरिङमा आधारित छ। बिरामीलाई यसको खोप दिएपछि शरीरका कोषले भाइरसलाई ससाना टुक्रामा विभाजन गर्छ। ती टुक्राका मद्दतले शरीरको इम्युनट सिस्टमले भाइरसको पहिचानको थालनी गर्नेछ।

खोपमा रहेको औषधि आरएनएलाई प्रभावित पार्छ जुन इम्युन सिस्टमलाई आफ्नो उद्देश्य अर्थात् भाइरस नियन्त्रणका लागि आदेश दिन्छ। वैज्ञानिक सिद्धान्तअनुसार जब कृत्रिम आरएनए मानवको शरीरमा प्रवेश गर्छ, त्यसले तन्तुहरूमा पुगेर अधिक मात्रामा प्रोटिन तयार गर्न थाल्छ। यो प्रोटिन भाइरसको माथिल्लो सतहसँग मिल्दोजुल्दो हुन्छ। जसले मानवलाई नोक्सान नपु¥याएर भाइरसमाथि नियन्त्रण गर्न प्रतिरोधात्मक प्रणालीमाथि दबाब बनाइराख्छ।

नेसनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्सियस डिजिजका निर्देशक एन्थनी फसीका अनुसार प्रारम्भिक परीक्षण सफल रह्यो भने विश्वभरिका बिरामीलाई यो उपलब्ध गराउन डेढ वर्ष लाग्नेछ। शुरूमा यो खोपको परीक्षण अप्रिलमा हुनुपर्ने थियो तर विश्वभरि कोरोना भाइरसबाट पीडित बिरामीको बढ्दो आंकडाका कारण परीक्षण तिथि परिवर्तन गर्नुपरेको उनले जानकारी दिए।

त्यसैगरी, वासिंगटनमा सियाटलको काइजर परमानेन्ट रिसर्च सेन्टर फेसिलिटीमा चार बिरामीलाई खोप दिइएको छ। यो खोपका कारण कोबिड १९ संक्रमण नुहने बताइएको छ। यसमा भाइरसबाट निकालिएको एक हानिरहित जेनेटिक कोड प्रयोग गरिएको छ।

तर, खोप सफल हुन्छ वा हुँदैन भन्ने विषयमा निष्कर्षमा पुग्न कैयौं महिना लाग्ने विशेषज्ञहरूले बताएका छन्। सियाटलकी बासिन्दा दुई बच्चाकी आमा ४३ वर्षीय महिलालाई उक्त खोप लगाइएको हो। ती महिलाले यसरी खोपको परीक्षणमा आप्mनो योगदान अत्यन्तै राम्रो अवसर भएको एपीलाई बताइएकी छन्।

विश्वभरिका वैज्ञानिकहरू कोरोना भाइरसविरुद्धको शोधमा सक्रिय भएर काम गरिरहेका छन्। नेसनल इन्स्टिच्युट अफ हेल्थले खोप विकासका लागि भइरहेको कामका लागि आर्थिक मद्दत दिइरहेको छ। सामान्यतया खोपको पहिलो परीक्षण जनावरमा हुने गर्छ तर योपटक यसको सीधा परीक्षण मानवमा गरिएको छ।

तर, मोडेर्ना थेरेपेटिक्स नामक बायोटेक्नोलोजी कम्पनीले यस खोपको परीक्षण तथा जाँच प्रक्रियाअन्तर्गत तयार गरिएको बताए। इम्पेरियल कलेज लन्डनमा संक्रामक रोगका विशेषज्ञ डा. जोह्न ट्रिगोनिंगले भने– ‘यो खोप पहिल्यैदेखि उपलब्ध प्रविधिबाट बनाइएको हो। यो अत्यन्त उच्च मानकसहित बनाइएको हो, जसलाई हामी मानवका लागि सुरक्षित छ भन्ने ठान्छौं। जसलाई यो खोप दिइनेछ, उनीहरूको स्वास्थ्य हामी अत्यन्तै नजिकबाट निरीक्षण गरिरहेका हुनेछौं।’

हाल सबै काम अत्यन्तै छिटो भइरहे पनि यो वैज्ञानिकहरूको युद्ध नभई भाइरसविरुद्धको युद्ध भएको उनले बताए। यो मानवताको भलाइका लागि गरिएको उनले थपे।

वृद्धहरूको उपचार गर्न नसकिने

कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा प्रभावित युरोपेली देश इटालीमा सबै बिरामीको उपचार असम्भवजस्तो स्थिति उत्पन्न भएको छ। बिरामीको उपचारका लागि अस्पतालमा बेडको कमी भइरहेको छ। सामान्यतया ठूलो युद्धको बेला मात्र यस प्रकारको स्थिति हुने गर्छ।

लोम्बार्डियाको उत्तरी इलाका बर्गामोको एक अस्पतालमा आईसीयूका प्रमुख क्रिस्चियन सारालोजीले श्वास प्रश्वाससम्बन्धी रोगले ग्रसित ८० देखि ९५ वर्षका बिरामीहरूलाई सम्भवतः उपचार गर्न नसक्ने उनले बताए। उनले भने– ‘गम्भीर श्वास प्रश्वाससम्बन्धी रोग पालेका ८० देखि ९५ वर्षका कुनै रोगी आएमा सम्भवतः उनीहरूको उपचार गर्दैनौं। यो सम्भवतः अत्यन्तै कडा शब्द हो तर यो सत्य पनि हो। हामी यो बेला चमत्कारको प्रयास गर्ने स्थितिमा छैनौं।’

महत्त्वपूर्ण कुरा के हो भने इटालीमा यो भाइरस यति गम्भीर रूप लिइसकेको छ कि सम्बन्धित निकायले जीवन र मृत्युको फैसला लिनुपर्ने स्थिति सिर्जना भइरहेको छ।

इटालीमा करिब ५ हजार २ सय इन्टेसिब केयर बेड छन्। तर, जाडोमा तीमध्ये धेरै श्वास प्रश्वाससम्बन्धी रोगबाट ग्रसित बिरामीले भरिएका छन्। उत्तरी इलाका लोम्बार्डीको बेनेटोमा निजी तथा सरकारी संस्थान दुवै मिलाएर मात्र १ हजार ८ सय बेड छन्।

लोम्बार्डीको अस्पतालमा काम गर्ने डा. स्टिपेनो मेग्नोनले उनीहरू आप्mनो अधिकतम् क्षमतामा पुगिसकेको जानकारी दिए।

इटालीका विदेशमन्त्री लुइजी डी माइयोले युरोपमा अस्पताल र क्लिनिकहरूका लागि हुने आपूर्तिमा सहयोग गर्ने एकल युरोपेली युनिट स्थापना गर्न माग गरेका छन्। उनले इटालीमा उपचार सामग्री आपूर्ति गर्न पनि अपील गरेका छन्।

इटालीमा कोरोना भाइरसका संक्रमण २७ हजार ९ सय ८० पुगेका छन्। यसबाट मृत्यु हुनेको संख्या २ हजार १ सय ५ पुगेको छ।

खखखखखखख